विरानो देश छाडदै जादा– राजविक्रम चाम्लिङ्ग(होनिवा)

प्रकाशित मिति
0
151

17455247_1114522475337892_1475075815_o

अब होनिवा लाई साँचिकै विजयपुर पुग्ने विश्वास भयो , बर्षको लम्बे भिमकाय भवनले घेरीको एउटा बार भित्रबाट निक्लीएको आभाष हुन थाल्यो । कंक्रीट कारागार बाट मुक्त भएको र अपार आनन्द भित्र छिरेको अनुभुत भयो । सुगुर र रक्सिको बहुतै चर्चित बाजे बुढासुब्मा भेटजन नि जानु छ , त्यही विजयपुर हो जहा जुनबेला चौविसको चौविसे लिम्बुहरु धरानमा बजर भरी फर्कदा घर छेउछाउ मै धान नाच कतै सिरुपाते झिका झिक हुन्थियो जुन भयले नि कुकुर पाल्ने प्रचलन थियो ।

त्यतीमात्र हैन कुखुरा खुला पाल्ने हुन्थियो , मकै बादरले खाईदेला भन्ने भयले पालिन्थ्यो । हाल त कुकुर शानको लागी पाल्ने प्रचलन छ । लाहुरेको शहर र आधुनीक विज्ञान प्रविधिको नजिक भएर पनि होला विदेशी व्राडको दशौ हजार पर्ने कुकुर पाल्ने संस्कारको रुपमा विकशित हुदै थियो । यसैको लागी चाम्लिङको गड खोटाङको छुलुवारबाट एक प्रकारको भालुकुुकुर अर्थात खर्कका हुदा भेडा पालनको सुरक्षा गर्न चितुवा र भालुबाट बचाउन प्रयोग गर्ने मोटो अग्लो प्रजातीको कुकुर हो । त्यसको लोभले त्याएको कुकुरको बच्चा ९औ महिनामा मै ठुलो भएको थियो । खर्कमा दर्जनौ किलोमिटर घुमी राखनेको बच्चा भएरै साङलो चुटाउलाझै गरेर उफ्रिन खोजद थियो कुइकुइ कराउँथ्यो तर एक दिन खिया परेको साङलो चुटिएछ बहुत उफ्रिदै खुसीले कमपाउण्ड वरिपरी उफ्रिदै भुक्दै कुदेको याद आयो ….आज हङकङको अन्तरराष्ट्रिय एयरपोर्ट हिँडदा यती मजा आएको हो । भालु कुकुर उर्फिए झै मन उर्फियो.. एयरपोर्ट र सास सुई पोको दुरी टाढै भए नि नजिकै देखेको थियो मेरो ऋदयले उमममममम ! यो सम्झदै पाइला अगी बढदै थिया तीङ यी (tsing yi) मुनी सुरुङ मार्ग हुँ दै चुन मुन कप्मनीको काम गर्न गएको याद आयो ।

विहानी निद्रा नपुगी अजकल्टो भएर झिस मिसेमा झोलामा खानाको डब्बा र जुसको याद त्यो दिनमा तिर्खा मेटन र तु इनर्जि प्राप्त गर्न छानी छानी जुस किनिन्थियो ओ बाफ रे ! यस्तै झिसमिसेमा आँखा कोर्चदै बसमा गुडेको याद आयो । क्यान्टन रोड बाट बसमा चढी कुर्सिमा उतानो परेको साठी र घरी घरी एकसय डिग्रीमा हल्लिदै जान्थौँ कति खेर चिङ यी (tsing yi)सुरुङमा पुग्द थियौँ पत्तो हुन्न थियो । आज त्यही सुरुङ छिर्न गइयो । याद चुनमुनको आयो कन्सट्रक्सनको कार्ड छुवाउँदै दाइने हात पञ्ज टसाउँदै भित्र छिरिइन्थ्यो ।
हतार हतार घरबाट आएको पोसाक फुकालो अनि कम्पनीको पोसाक लायो , हेलमेट रेनबुट लाएर टनेल छिर्न ओरालो झरेको लाग्यो होनिवा झास्कियो हैत टयाक्सि तिङ मा tsing ma ल जान लागेको थियो । केहि भाग ओरालो थियो त्यही गाडी हल्लिएको हो । तिङ मा पुलमा ट्याक्सि हुँदा झ्यालबाट पुन तिङ काउ (ting kau) तिङ लङ र चुन मुन जाने एउटै पुल हो । जसले दिशा परिवर्तन गर्दा गाडी हल्लीए कै जस्तै हो । भित्र काममा पनि पर बाट आउने लेवर कै ड्रेसमा आउने सुपर भाइजर देखी धेरै कामदार तर्सिन्थे । किनकी नेट चलाइराखेको हुन्थे र को हि उतानिएर चुरोटको धुवाको मुश्लो उडाइ राखेको हुन्थियो । बेल्चा र मापेइको धुवामा रुमलिने मात्रै कोहि हुन्थे । भात सँगै केही मापेइ पनि छिर्थियो दाहिने हात सगै जिव्रो खस खसाउने जिब्रो र कण रगडिने गर्छ । यो दैनिकी जस्तो पनि लाग्छ जिवन यापन गर्न नै …….यस्तै भन्ने लाग्छ । नङ पिल्सीने पल पल यस्तै गरिन्थियो ।

हैत, यो डलरको थुप्रो मनमा थुपार्ने सारै हैरान हुन्थियो । एक्सरसाइज रोल कल नेतृत्प चाही एउटै सेना फर्मेसनमा दाया बाया घुम गतिलै एटेनसन हुने । काममा तन्काउने शरिरको गति चेक हुने काम हो एक्सरसाइज । घरी मिक्सर मेसिन ढेकाल्दा हुन्थियो त्यो तरिकाको तालिम घरी ड्रीलमेसिन ओसारर्दा आम्मम यो कटको डाइलग अनुसार त कती हो कति तालिम । अझै त्यसपसीका अरु कथन–कट अनुसारको दनिक तालिम त तीङ यी देखी मा वान(ma wan) जोडिने पुल छिर्न लाग्दा ट्याक्सिले फन्को जस्तो लाग्छ । टु वकै टु वर्क भन्दै हातमिलाएर आउने कुनै गोरा जस्तो लाग्यो अनि हात भरि पन्जा र काममा अग्रसरता कस्तो अजिक दर्शन हुन्छ । सेक्स्स पियर वा गोर्कीको आमा उपन्यासमा भएको हरेक घटना या घटछ नेपाली माझ बाफरे यो , गाडीले जति नै दुरी क्रम गरे पनि आखाले अरुनै गाडी र ल्यानताउ को पहाडी रुखले सुर्यको प्रकाश जतिसुकै छेको पनि आखा पछाडीको ऋदयले त्यो च्युन मुनकै समुद्री तट देखि राखेको छ ।

सुरुङको दुइटै प्वाल भित्र र बाहिर गरेको पाइला बाङगिएको रेनबुट ले चिप्लाए रै भए नि ठिक समान ठिक ठाउमा पुर्याउने सहयोग गर्थियो र आज गाडीको गति र घुमाउरो बाटोमा मङ ककमा कीनेको एडिडासको जुत्ता अगाडिको भागमा ठोकिदा पिछे टनेल झल्किने गर्थिायो । ल्यानताउ आइल्याण्ड(lantau island) पुगेको मात्रै तिन पटक हो अज सित । कम्पनिको बार्षीक उत्सव मनाउन जादा दिउसको छुट्टि दिए पनि ती दुई विशाल पुलमा घुम्दै जादा रातको नौ बजे मात्रै चुस्की हुस्कि हान्न सुरु भको थियो । धुवा र धुलो बादल घुम्टो खोलेर भर्खर आएको त्यो गुन्जयमान संगित र बाह्र ब्यन्जनको स्वाद चौरासी स्वादको खाइयो मजाले नै । एसियन वर्ड एक्स्पोमा जेनवरी मध्यतिर खुबै काम थकान सगै खिचिएको थियो जसमा बार्षिक आय आम्दानीको मात्रै सुन्दा दिक्कै लाग्यो किनकी सेलरी बढछ भन्ने सुन्ने मात्रै मन आज फेरी एयरपोर्ट जादै थियौ र जति अघि बढे नि छिङ हाेङ (cheong hong) जति ओभरटेक गरे नि छिङ विङ (cheong wing) लाईन हेर्दै थिए त्यही पुगे जस्तै लाग्छ । त्यो पल ताइ लुङ (tai lung) टै त्युन मुनकै घुम्ती देखिदै थियो । ग्यालरी झर्दै गर्दा तलतिर झसक्ने भन्ने चट्याङ पडके झै हनुमानको कथा सुनेको धरै भएको थियो । सामजिक विषयमा जहिले पढनु पर्थियो त्यो हनुमान अजा बादर बनेको छ । सबै तर्सने जसजसले खेलाउछ यार त्यो नै भ्यार भ्यार छेपारोको लफडा सुने जस्तै हुन्थियो । आखा नै खाल्टोमा परेको खैरे आएर हतारहतार पन्जालाएर फरर्कि झै लाग्यो छिटो लाउन थाले । ज्याक माथि हाम फालेर लुग्न खोजेको उफ्रिएर झर्दा हेलमेट झरे जस्तै लागेको थियो तर एयरपोर्ट प्रवेश गेट नजिक पो ट्याक्सि रोकिदा टाउको पो ढोकाको सिसामा ठोकिएको रहेछ ।

ए अब त यतिको लामो समय पछि नेपाल पर्कदै छु , भित्ताको नोट बोर्डमा एरो दि राको थियो काठमाण्डौ जाने यात्रु भित्र छिर्दै गर्नु भन्ने स्वमधुर बोली खै कुन युवती बोल्दै थिइन । ट्याक्सि ड्राइभर पैसा दिन म जान्छु भन्दै गन गन गरेको रहेछ अफ सधै काम गर्ने बानी आफ्नो जन्म थलो धरान फर्कदै गरेको अफ काम बाट छुट्टि लिएको हप्ता लिन सक्दा पनि जब समुन्द्र देखो तव काममा गएको याद आउँथियो । अव यता उता जता सुकै भए नि घर फर्कने लकेज , सुटकेस पोको पार्दै. तान्दै भित्र पारी सकेर म प्लेन चडन थालेँ । स्योनो पुल काप सुई (kap shui mu) पुगेन नि मन त्यही टनेल मात्रै सम्झि रा थियो । अन्तिम ठाउँ पो रहेछ , एयरपोर्ट नजिक तुङ चुङ (tung chung) पो पुगेको लाक्थियो प्लेन त धेरै माथिको पुगी सकेछ । कर्म थलो विरानो बन्दै गएको थियो…..

– राजविक्रम चाम्लिङ्ग(होनिवा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here