विपक्षी नेताहरु पक्राउ, आन्दोलन तालिका जारी!

प्रकाशित मिति
0
2276

गत मे महिनामा विधान परिषदमा बखेडा गरेको आरोपमा लोकतन्त्र पक्षधर ७ नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । सुपुर्दगी प्रस्ताव पेश हुने क्रममा विधान परिषदको नियमको खिलाफ गई बल प्रयोग गर्दै अनुशासनहीन कार्य गरेको भन्दै एडी चु, रेमन्ड चान र आउ नोक हिनलाई गए राति पक्राउ गरिएको छ भने अरु ४ जनालाई पक्राउको सुचना दिइएको बताइन्छ । उनीहरुलाई यही सोमबार अदालतमा पेश गरिने बताइन्छ ।

विधान परिषदमा यस्तो भएको थियो ५ महिना पहिले

लोकतान्त्रिक पक्षधर नेताहरुले यसलाई नोभेम्बर २४ मा हुन लागेको जिल्ला परिषदको चुनावलाई स्थगित गर्ने सरकारको खेलको रुपमा ब्याख्या गरेका छन् भने सरकारले यसलाई पुलिसको मामिला र यसको निर्वाचनसँग कुनै सम्बन्ध नरहेको जिकिर गरेको छ ।

गत हप्ता चुङ क्वान ओ को कारपार्कमा लडेर मृत्यु भएका हङकङ युनिभर्सिटीका छात्र चाउको हङकङ अहिले तनावग्रस्त रहेको छ , हिंजो शु्क्रबार राति विभिन्न ठाउँमा झडप हुनुको साथै याउ मा तेइ मा पुलिसले हवाई फायर समेत गर्नु परेको बताइन्छ । आज एडमर्ल्टीको तामार पार्कमा करीब १ लाख ब्यक्तिहरुले प्रदर्शनमा भाग लिइरहेको बताइन्छ ।

अहिले तामार पार्कमा

यसैबीच बेइजिङ भने आर्टिकल २३ मुताबिक सुरक्षा सम्बन्धी नियमवाली बनाएर राष्ट्रद्रोहीलाई कडा कार्यवाही गर्ने बाटो बनाउन हङकङ सरकारलाई सिफारिश गरिरहेको छ , यही आर्टिकल २३ लागू गर्न खोज्दा १० लाख जनता सडकमा ओर्लिएर हङकङको पहिलो प्रमुख तुङ चि वा लाई राजीनामा दिन बाध्य पारेका थिए । सुपुर्दगी कानुन प्रस्तावले लगाएको आगो निभाउन नसकिरहेको क्यारी लाम सरकार आर्टिकल २३ को अर्को झमेलामा फँस्ने हिम्मत गर्न नसक्ला तर बेइजिङ भने शक्ति प्रयोग गरेर आन्दोलनकारीलाई झुकाउने मनस्थितिमै रहेको बुझिन्छ ।

आन्दोलनकारीहरुले निम्नानुसार आन्दोलन तालिका जारी गरेका छन् ;

आन्दोलन तालिका!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here