वान्चाईमा नेपालीको बारमा आक्रमण..

प्रकाशित मिति
0
5045

हिंजो दिउँसो १२ बजे वान्चाईमा अवस्थित नेपालीको लोकहार्ट 88 बारमा मास्क लगाएर हातहतियार सहित आएका आक्रमणकारीले कर्मचारीहरु माथि आक्रमण गरी ५ जनालाई घाइतेँ बनाएको समाचार छ ।

मर्मतपछि बार संचालनमा आएको २ दिन मात्रै भएको अवस्थामा २ गाडीमा आएका १० आक्रमणकारीहरुले मासु काट्ने छुराको प्रयोग गरेर कर्मचारीहरु र ग्राहकहरुलालाई जथाभावी हमला गरेको बताइन्छ । पुलिस आइपुग्दा उनीहरु गाडीमा भागेको बताइन्छ । उपचारको लागि घाइतेँहरुलाई क्वीन मेरी अस्पताल लगिएको समाचार छ ।

बारका मालिक मध्ये एक माइकका अनुसार आफूसँग अपराधिक गिरोहले रकम माग गरेको तर दिन अस्वीकार गरेपछि उनीहरुले हमला गरेको हुनसक्ने बताएका छन् । करीब १ घन्टा अगाडि जाफ रोडमा अवस्थित उनको अर्को बारमा पनि तोडफोड गरिएको जानकारी उनले दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here