वान्चाईको कन्स्ट्रक्सन क्षेत्रमा ४५० किलोको बम….

प्रकाशित मिति
0
109

UPDATE: बम सफलतापूर्वक डिस्पोज गरिएको अपडेट रहेको छ।

हङकङ पुलिसले आज दिउँसो वान्चाईको कन्स्ट्रक्सन क्षेत्रमा फेला परेको ४५० किलोको बम डिस्पोज गरिरहेको छ ।

वान्चाईको हार्बर रोडमा रहेको शातिन सेन्ट्रल रेलमा काम गरिरहेका कामदारले शंकास्पद वस्तु देखेर आज बिहान ७:४० मा पुलिसलाई खबर गरेका थिए। सिलिन्डर आकारको लगभग डेढ मिटर लम्बाई र आधा मिटर चौडा उक्त बम जमिनभन्दा १५ मिटर मुनि फेला परेको थियो ।

आज मध्यरातसम्ममा उक्त बमलाई निस्क्रिय पारिने लक्ष्य राखिएको छ। बमको डिटोनेटोरमा क्षति पुगेकोले बमलाई साइटमै डिस्पोज गर्नुपर्ने बाध्यता भएकोले प्रहरीले त्यहाँ ४०० मिटरसम्म वरिपरिका बिल्डिङ र कार्यालयहरुबाट १३ सय जनालाई सुरक्षित स्थानमा सारेको छ भने उक्त क्षेत्रको ट्राफिक रुटमा हेरफेर गरेको छ ।

पुलिस अधिकारीका अनुसार उक्त बम ANM-65 रहेको र दोस्रो विश्वयुध्दको समय सन १९४१-४५ का बीच अमेरिकी सेनाले खसाएको हुनसक्ने अनुमान गरिएको छ।

यस्ता युध्दकालिन अमेरिकी चिनो बमहरु हङकङमा यदाकदा फेला परिरहेको घटना यो पहिलो पटक होइन, गत साल पोक फु लाममा १२० किलोको बम र सन २०१४ मा हेप्पी भ्यालीमा ९०० किलोको बम फेला परेका थिए । कन्स्ट्रक्सन साइटमा काम गर्नुहुन्छ भने विशेष सावधानी अपनाउनु होला।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here