लोग्ने स्वास्नीको झगडा बिल्डिङको आगो!

प्रकाशित मिति
0
1196

काउलुन सिटीको फुक लो चुन रोडमा आज बिहानै आगलागी हुँदा ५० जनालाई सुरक्षित स्थानमा सार्नु पर्‍यो । बिहान साढे ५ बजे ४ तले बिल्डिङको तेस्रो तलाबाट आगलागी सुरु भएको बताइन्छ । घटनाको ३ मिनेटमा पुगेको दमकलले आगो निभाउन २५ मिनेट लगाएको बताइन्छ ।

लोग्ने स्वास्नीको घर झगडा हुँदा आगलागी हुन गएको प्रारम्भिक अनुसन्धानमा खुलेको बताइन्छ । श्रीमानको हात जलेको बताइन्छ भने श्रीमती धुँवाले गर्दा बेहोस भएको बताइन्छ ।
पुलिसले श्रीमानलाई पक्राउ गरी सोधपुछ गरिरहेको बताइन्छ ।

त्यस्तै बिहान सवा ८ बजे आप लि चाउको आप लि चाउ स्टेटमा एयर कन्डिसनर सर्ट सर्किट भई आगलाी भएको समाचार छ।१० मिनेट भित्र फायरम्यानहरुले आगलागी नियन्त्रणमा सफल हुँदा कोही हताहत नभएको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here