‘लेनन वाल’ को निहुँमा कुटपिट..

प्रकाशित मिति
0
274

काउलुन बे मा बनाइएको ‘लेनन वाल’को रक्षा गर्ने क्रममा २ ब्यक्तिलाई एक ४६ वर्षे ब्यक्तिले पिटेको अभियोगमा
पीडकलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहानै १ बजे तिर त्यसरी नै हटाउन आउने ब्यक्ति वोङले समर्थक युवा ३६ वर्षे माकलाई पिटेको भिडियो भाइरल भएको छ ।
मार्सल आर्ट खेलाडी समेत रहेका माकले वोङको प्रहारलाई प्रतिरोध नगरी सहेको र अरुलाई हिंसामा नउत्रिन समेत रोकेको बताइन्छ ।
वोङ पुलिसको मतियार हुन सक्ने कुरालाई हङकङ पुलिसले अस्वीकार गर्दै वोङ ट्याक्सी चालक रहेको बताएको छ ।
वोङले ६५ वर्षे ब्यक्तिलाई पनि पिटेको बताइन्छ ।

सरकारको विरोधमा सन्देश लेखेर राखिएका रंगीचंगी कागजी नोटहरु टाँस्ने क्रम हङकङमा ब्यापक भएको छ ।
सरकारको समर्थक ब्यक्तिहरुले त्यस्ता कागजहरु टाँस्न नदिने वा उप्काउने उपक्रम गरिरहेका छन् ।

हिंजो साँझ ८ बजेतिर याउ तोङ् एम टि आर स्टेसनमा यसै विषयमा दुई समूह बीच झडपको स्थिति सिर्जना भएको थियो ।
पुलिसले भीडन्तलाई रोक्नुको लागि बल प्रयोग गर्ने चेतावनी दिनु परेको थियो भने ३ जनालाई पक्राउ गर्नुपरेको थियो ।
पक्राउ पर्नेमा २ जना रिटार्यड पुलिसहरु रहेको बताइन्छ , उनीहरुले ‘लेनन वाल’ बनाउनेहरुमाथि हातपात गरेको बताइन्छ ।

आन्दोलनकारीहरु शान्तिपूर्ण तरिकाले आफ्ना मागहरु राखिरहेका छन् , केही तत्वहरु हिंसा भड्काएर बल प्रयोग गराउने
ताकमा रहेको देखिन्छ । जस्तो कि, लेज्को बिल्डिङमा आन्दोलनकारी घुस्नु अघि पुलिस पहरा आन्दोलनकारीहरुले
देख्ने गरेर हटाउनु । त्यसैले सबैले संयमित हुनु जरुरी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here