लेजर पेन बोकेको अभियोगमा विद्यार्थी नेता पक्राउ, साम सुइ पो मा झडप..

प्रकाशित मिति
0
389

बापटिस्ट युनिभर्सिटीका विद्यार्थी नेता किथ फोङलाई प्रहरीले पक्राउ गरेको भन्दै हिंजो राति लगभग ३ सय आन्दोलनकारीले साम सुइ पो पुलिस स्टेसन घेरा हाले ।
उनीहरुलाई भगाउनको लागि पुलिसले टियर ग्याँस प्रयोग गर्नुपरेको बताइन्छ ।

पुलिसले किथलाई हतियार बोकेको आरोप लगाएको छ, हतियार के भन्दा उनले १० वटा लेजर पेन बोकेको उनीहरुको भनाइँ रहेको छ । लेजर पेन कसरी हतियार भयो भन्दा आन्दोलनको क्रममा धेरै आन्दोलनकारीहरुले लेजरको ब्यापक प्रयोग गरेर पुलिसको आँखा तिर्मिरी पारिदिने र चोट समेत लगाइदिएको भनाइँ रहेको छ । कतिपय लेजर पेनले पोल्ने गरेको बताइन्छ ।

साम सुई पो मा लेजर पेन किनेर फर्किँदा पुलिसले किथलाई पक्राउ गरेको हो, पक्राउ गरेपश्चात आफू बिसंचो भएको बताएपछि पुलिसले उनलाई अस्पताल लगेको बताइन्छ । उनको स्थिति सामान्य रहेको बताइन्छ ।

यसैबीच आन्दोलित विद्यार्थीहरुले विरोध स्वरुप लेजर पेन लिएर चिम सा चुईको स्पेस म्युजियममा आज साँझ ८ बजे तारा हेर्ने कार्यक्रम राखेका छन् । चिनियाँ परम्परा अनुसार आज आकाश अवलोकन गर्ने रात रहेछ । एउटा गोठालो र उसकी प्रेमिकालाई समाज-परिवारले छुट्याएर अलग्याएको र ‘मिल्की वे’ रुपी खोलाले उनीहरुलाई खोला वारि र पारी छुट्याएपछि वर्षमा एक रात चराहरुले पुल बनिदिने र उनीहरुले वर्षमा एक रात मिलन गर्ने चिनियाँ कथन रहेछ ।

त्यसै परम्परालाई तारा देखाउन लेजर पेन को प्रयोग गर्ने गरी विरोध कार्यक्रमको स्वरुप दिएको बताइन्छ । आज चिम सा चुई तिर गए चाहिं सिम्फोनी अफ लाइट्सको लेजर नाचको साथै आन्दोलनकारीहरुको लेजर नाच हेर्न पाइन रहेछ ।

हङकङ आन्दोलनमा लेजर लाइटको प्रयोग हेर्नुस्;

नेपालको आन्दोलनकारीलाई चैं नपठाऊँ है, हाम्रो प्रहरी दाजुभाइको आँखा खत्तम पारिदिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here