लि का सिं ले ५ हजार डलर बाँड्ने…

प्रकाशित मिति
0
26

lika sing

2012 सालमा सरकारले ६ हजार डलर सित्तैमा बाँडेको संझिँदै यो  समाचारको शीर्षक पढेर क्या हतारले यो लिंक खोल्नुभयो, हगि? 
तर सरी है – यो शीर्षक आंशिक सत्य मात्रै हो ।

बिलिनियर लि का सिं ले ५ हजार बाँड्ने कुरा सत्य हो तर आगामी साल HKDSE परीक्षा दिन दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई मात्रै ।
तिन सु वाई र आउट लाइङ् आइल्यान्ड भनिने लान्ताउ, पेङ चाउ, चेङचाउ र लामा आइल्यान्डका सेकेन्डरी विद्यालयहरुलाइ त्यो रकम दिइनेछ ।

लि का सिं फाउन्डेशनका अनुसार उनीहरुको १ करोड ८५ लाख डलर को यो परियोजनाले ३७ हजार विद्यार्थीहरुले लाभ पाउनेछन् ।
कुन कुन स्कूलका विद्यार्थीलाई यो सहुलियत दिइने भन्ने अनुसन्धानपछि अक्टोबरमा तय हुने बताइएको छ ।

यसपालिको परियोजनाको प्रभावको आधारमा अर्को सालदेखि यो परियोजनालाई अन्य क्षेत्रमा पनि विस्तार गर्न सकिने फाउन्डेशनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here