लि का सिं ले १ बिलियन डलर दिने…

प्रकाशित मिति
0
407

हङकङका बिज्नेस टाइकुन लि का सिङ ले साना तथा मझौला उद्योगहरुको घाटालाई न्यनिकरण गर्न १ बिलियन डलर दिने भएका छन् ।

अमेरिका र चीनबीचको ब्यापार युध्द र ४ महिनादेखि चलिरहेको आन्दोलनको मारमा परेका पर्यटन, यातायात र खुद्रा ब्यवसायीलाई राहत दिने उद्देश्यले घोषणा गरिएको रकम कसरी प्रदान गरिन्छ भन्ने बारे निर्णय भइ नसकेको बताइन्छ । साना तथा मझौला उद्योग ब्यवसायीहरुको संगठनका अध्यक्ष डेनी लाउले रकम सरकारको मार्फत नभई स्वतन्त्र निकाय मार्फत प्रदान गरे प्रभावकारी हुने बताएका छन् ।

हङकङ सरकारले यस अघि नै १९.१ बिलियन डलरको राहत प्याकेजको घोषणा गरिसकेको छ ।

हङकङका नागरिकको आर्थिक अवस्था ध्वस्त भए भने लि का सिं को ब्यापार साम्राज्यमा किनमेल गर्ने जनता कहाँबाट ल्याउने? देशलाई संकट परेको बेलामा यसरी लामो दूरीको सोँच राखेर मुठ्ठी खोल्ने पो बिज्नेस टाइकुन हुन्छ त हाम्रो देशमा त….. हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here