लि का सिंले रेस्टुरेन्टहरुलाई ६० हजार डलर दिने …

प्रकाशित मिति
0
1297

लि का सिङ फाउन्डेसनले साना तथा मझौला रेस्टुरेन्टहरुलाई ६० हजार डलरको दरले राहत प्रदान गर्ने भएको छ । हङकङ आन्दोलनले गर्दा आर्थिक मन्दीमा फसेका ब्यवसायहरुलाई मध्दत गर्न भनेर हङकङका प्रसिध्द बिज्नेस टाइकुन लि का सिं ले १ बिलियन डलर दिने घोषणा गरेका थिए । लगभग २०० साना रेस्टुरेन्टहरु बन्द भएका छन् भने चलिरहेकाहरुको आयमा लगभग ३०% ले कमी आएको बताइन्छ ।

तपाईं पनि रेस्टुरेन्ट दर्ता गरेर राख्नु भएको छ र ५० भन्दा कम कर्मचारी राख्नु भएको छ भने निम्न कुराहरु याद राख्नुहोस्!
१. बिज्नेस दर्ताको प्रमाण पत्र चाहिने छ
२. F&B licence १ मइ २०१९ अगाडि लिइसकेको हुनुपर्ने छ
३. रेस्टुरेन्टको फोटो संग्लन गर्नुपर्नेछ
३. ८ नोभेम्बर देखि १७ नोभेम्बर सम्म मा https://www.lksf.org वेबसाइटमा गएर अनलाइन आवेदन दिनुपर्नेछ ।

प्रमाण पूरा गरेमा ६० हजार डलर नोभेम्बर महिनाको अन्त्य सम्ममा पाइनेछ । हुन त यो रकम १ महिनाको भाडा मात्रै होला तर यो राहत सरकारको तर्फबाट नभई लि का सिं ले दिन लागेका हुन् । हङकङ सरकारले पनि ब्यवसायीहरुलाई र कम आय भएका नागरिकहरुलाई १९.१ बिलियन डलरको राहत प्याकेज दिने घोषणा गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here