लिफ्ट अनियन्त्रित भई अकासिएर …

प्रकाशित मिति
0
165

गत आइतबार दिउँसो ४ बजे चुनवान स्थित वाटरसाइड प्लाजाको ब्लक २ मा बस्ने एक जोडी लिफ्ट दुर्घटनामा घाइते भएका छन् ।

हो थरका ३२ वर्षका युवक र मान थरकी युवती १५ औं तलामा रहेको आफ्नो फ्ल्याट जान लिफ्ट चढेकोमा लिफ्ट नरोकिइकन ४६ औं तलासम्म अकासिएको थियो ।

४० सेकेन्ड मै ४६ तलाको सिलिङमा  ठोक्किन पुगेको लिफ्टमा सवार ती दुवै गंभीर भएको र मार्गरेट अस्पतालमा उपचार भइरहेको बताइन्छ ।
ती दुवै सँग लिफ्टमा चढेका एक अर्को ब्यक्ति भने सकुशल ७ औं तलामा निस्केका थिए।

२७ वर्षे दोङ याङ कम्पनीको उक्त लिफ्टमा ब्रेकिङ सिस्टममा समस्या आएको आशंका गरिएको छ । सन २०१४ मा उक्त प्लाजाको ब्लक १ मा उस्तै खाले घटना घटेको तर उक्त समय कोही हताहत नभएको बताइन्छ ।

विज्ञान प्रविधिले हाम्रो हरेक काम छिटो तुल्याएको छ , तर जीवन मात्रै होइन मृत्युु पनि छिटो पो गराइरहेको छ कि ? कहिलेकाहीँ शंका उब्जिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here