लाससँग २ दिनदेखि…

प्रकाशित मिति
0
67

mei tak lau

आज बिहान सवा ६ बजेतिर करीब ४५ वर्षकी महिलाले पुलिसलाई फोन गरेर आफ्नो ब्वाई फ्रेन्ड बेहोस भएको बताइन् । पुलिस जब उनीहरुको काउलुन सिटीको मेइ तुङ स्टेटमा पुग्यो, उनीहरुले ५० चानचुनका पुरुष केही दिन मृत अवस्थामा रहेको पाए , रगत शरिरमा जम्न थालिसकेको थियो ।

ती महिलाका अनुसार मृतक उनको ब्वाई फ्रेन्ड (५० वर्षको ब्वाई??) थिए र २ दिन देखि मृत अवस्थामा रहेका थिए । किन पुलिसलाई समयमै खबर नगरेको भन्ने कुरामा उनले  यस्तो अवस्थामा के गर्नुपर्छ भन्ने कुरा आफूलाई यस्ता कुराहरु थाह नभएको जिकिर गरिन् ।

पुलिसले घटनालाई शंकास्पद रुपमा लिएको छ र गर्लफ्रेन्डलाई सोधपुछको लागि हिरासतमा लिएको छ , घटना क्षेत्रलाई कर्डन गरी अनुसन्धान गरिरहेको छ । अज्ञानताकै कारण उनी लाससँग २ दिन बसिन् होला त? पत्याउन मुश्किल छ, महिलाको मानसिक अवस्था ठिक नभएको या अपराधको आशंका गर्न सकिन्छ, हगि?

तपाईं चाहिँ कुनै पनि आपतकालिन् समस्याको लागि ‘९९९’ डायल गर्नुस् है!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here