लागूपदार्थ ओसार पसार केसमा मोडल निर्दोष…

0
5

२१ वर्षको उमेरमा क्यारियर बनाउन हङकङ छिरेकी ग्रीक मोडललाई अदालतले लागू पदार्थ ओसार पसारको अपराधमा निर्दोष करार दिई हिंजो मुक्त गरेको छ ।

२० नोभेम्बर २०१७ मा हङकङ एयरपोर्टमा उनले बोकेको झोलाबाट २.५२ किलो कोकेन बरामद भएको थियो । उक्त लागू औंषधको मोल २३ लाख डलर पर्ने बताइन्छ।
आफूलाई पेट्रो नामको साथीले उक्त झोला दिएको र आफूलाई उक्त लागू औंषध बारे केही थाह नभएको उनले बताएकी थिइन् ।

३ वर्षको पुछताछ पछि ५ जनाको जुरीले उनलाई निर्दोष करार दिएको थियो । घटनाको १५ महिनापछि अनपेक्षित रुपमा थुनामुक्त भई स्वतन्त्र हुन पाउँदा युवती र उनको आमाबाबाको
हर्षको सीमा नरहेको बताइन्छ।हङकङमा लागू पदार्थ अपराधमा संग्लग्न साबित भए ५० लाख जरीवाना र जन्मकैद सम्मको सजाय दिन सकिने ब्यवस्था छ ।

सधैं यसरी जुरी दयालु नरहन सक्छ, त्यही भएर यात्रा गर्दा अरुले बोकाएको सामान वा झोला बोक्नु हुँदैन है ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here