लाउकेको विज्ञापन,झिल्के मामालाई – सुरेस राई

प्रकाशित मिति
1
250

 

jhilkemलाउके दाई आजकल खुब एजेन्ट भा ह ; उसलाई खासै घर जान पर्दैन के रे , बुडी सँग “सेपरेट” भा ह; रे ..! डोमेस्टिक केटीको होस्टलाँ भात पाकिहाल्ने हैच !
अन्त, जतिनामको सुड्डो हरुलाई विज्ञापन अर्दै बस्दो हैच ..!

अस्तिको दिन त , पुरा विज्ञापन अर्दै थियो..! भाईवराँ पाँच वटा केटीको फोटो देखाम्दै भन्दै थियो ,यो एउटा चैँ मेरो हो ; दुईटाको केटा ह ; यो एउटा केटीलाई केटा खोजिमाग्य ह; बुढो भए नि हुन्छ भन्या ह , भन्न्दै झिल्के मामालाई देखाम्दै थियो , झिल्के मामा हातले दाँत छोप्दै अह् ह ह… गर्दै हाँस्दै चश्मा लाएर केटी हेर्दै थिए … केटी त मामाले अलि भरखरकी कलिलि कोकाकोला फिगर चै मन पराए , तर क्यार्ने र !? त्यो त लाउकेको बुकिंग को परिच …!
होईन हो, मामा यो पो त भन्दै डुस्स परेकी आधा उमेर झन्डै निलि सकेकी.. मोटी सुड्डीलाई देखाम्दै थियो मामाको जोस त एकै तालाँ सेलाई त हाल्यो ।

तै नि , फोन नम्बर ल्यान्त ..! बोलिहेरम् भनेर फोन नम्बर मागेर, कल हानि हाले ..! मामाले; ‘ केटी बस्ने हैच सेन्ट्रल ,मामा साम सेई पो , ह्ये….! टाढो हैच .., उत्तै पो होलाम्च ..! को जाने हो र वहाँ सम्म ? ‘फाकामा,! जोर्डन भए त ठिकै हुन्थो …. ! भन्दै मामा त ओँठ लोपार्दै थे.. । यसो मैले हेरेको त केटी हैच “कुबिन्डो मा बाँसा खुट्टा हालेर ग्रह काट्न लाको जस्तो …!’ माथि भने पुरै फुकेको तल भने सुकेको…..;
हैट ..! मामाले त रिजेक्ट गरिहाले नि ! हरे…! लाउकेको विज्ञापन पनि सफल भएन ..!

उता , लाउकेलाई होस्टलको भात पचाउनु छ , फेरी फेरी नि भात त उत्तै खान परो…; उसको विज्ञापन जारी …. नै….!!
यह्य … ह्य.. ह्य … गर्दै ……. ५ केटी भाईबराँ बोकेर ……!!
जमाना नि के आयो ..? केटीहरु कन्ट्याकमा केटा खोज्दै ….??!?

  • सुरेस राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here