लड्दा लड्दै दुई ब्यक्ति एम टि आरको ट्रयाकमा ….

प्रकाशित मिति
0
43

शुक्रबार साढे ६ बजेतिर शा तिन स्टेसनमा एक आपसमा लड्दा लड्दै दुई ब्यक्ति एम टि आरको ट्रयाकमा खसेको समाचार छ ।

ट्रेनभित्रै भनाबैरी चलेपछि उनीहरु लड्न थालेका थिए । ट्रेनबाट ओर्लेपछि पनि लडाइँ जारी राखेका उनीहरु दुवै प्लेटफार्मबाट खसेका थिए ।
उनीहरुलाई अरुहरुले तानेर निकालेका थिए ।

एम टि आर कर्मचारीले इमर्जेन्सी बटन दबाएर स्टेसनतर्फ आउने ट्रेनहरुलाई रोकेपछि ३ मिनेट सेवा अवरुध्द भएको थियो ।

झगडामा संग्लग्नलाई केटाकेटीहरु होला भन्ठान्नुभएको होला तर होइन ।  ६५ वर्षे यङ र ४४ वर्षे को लाई पुलिसले सार्वजनिक ठाउँमा हुलदंगा गरेको आरोपमा पक्राउ गरेको छ ।फेरि यस्तो लाप्पा खेल्नु हामी मात्रै कहाँ सुरवीर छौं र? चिनाहरु पनि त मान्छे नै हुन् रिस त उठिहाल्छ नि । तर अब यो रिसको मूल्य ५ हजार डलर जरीवाना र ६ महिना जेल हुन सक्ने कानुनी प्रावधान छ , लौ त!

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here