रेस्टुरेन्टमा प्रहार ७ जना घायल..

0
3

आज बिहान ११:४२ बजे चिम सा चुई को मोडी रोडमा अवस्थित चिम तुङ हो चोई रेस्टुरेन्टमा एक ब्यक्तिले एसिड प्रहार गरी आफ्नी श्रीमती सहित ५ जनालाई घाइतेँ बनाएका छन् ।

अभियुक्तले एसिड छ्याप्दा २ जना रेस्टुरेन्टका ग्राहक र ३ जना कामदारलाई पनि एसिडले भेटेको बताइन्छ । श्रीमतीको रेस्टुरेन्टमै कसैसँग सम्बन्ध रहेको भन्दै उनको अनुहारमा एसिड प्रहार गर्ने अभियुक्त स्वयंको पनि हात र छातिमा एसिडले पोलेको बताइन्छ ।  श्रीमतीलाई एसिड प्रहार गरी गंभीर घाइतेँ पारे पश्चात उनले भाग्ने कोशिस नगरीकन, “यसलाई मर्न देऊ” भन्दै मद्दतको लागि आएका ब्यक्तिहरुलाई रोक्ने कोशिस गरेको बताइन्छ । घटनाको ३ मिनेटमै पुलिस आई स्थिति नियन्त्रणमा लिएको थियो ।

घाइतेँहरुलाई उपचारको लागि क्वीन एलिजाबेथ अस्पताल लगिएको थियो भने दिउँसो सवा १ बजे पश्चात रेस्टुरेन्ट सेवा पुन: संचालनमा आएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here