रेष्टुरेन्ट दुर्घटनामा १ नेपाली महिलाको मृत्यू !

0
3
20171207_130940
मृतक पोमु महिला

हिजो डिसेम्बर ६, बुधबार साँझ ८ बजे हङकङ चुनवानको ग्राण्ड भ्यु गार्डेन रेष्टुरेन्टमा कार्यरत एक ४६ बर्षिय नेपाली महिला चन्द्र कला पोमुको ३ तला माथी बाट खसेर मृत्यु भएको छ ।
महिला बेलुकीको रेष्ट समयमा रेष्टुरेन्टको टपमा गई रेष्ट पश्चात बेलुकी काम सुरु हुने बेलामा उठ्दा रिँगटा लागि अन्यन्त्रित भई छेउको सिसाको रेलिङमा ठोक्किँदा सिसा फुटेर ३ तला मुनि खसेर गम्भीर घाईते भएको समाचार छ ।
घटना लगत्तै प्रहरी तथा एम्बुलेन्सले उनलाइ यान चाई हस्पिटल पुर्याए पनि हस्पिटलले उनाई साँझ ८ बजे मृत घोषणा गरेको थियो ।
पुलिसले घटनालाई शंकास्पद नरहेको ठहर गर्दै दुर्घटनाको रुपमा वर्गीकरण गरेको छ।

20171207_130633
घटना स्थल
20171207_130737
घटना स्थलमा प्रहरी
20171207_130707
घटना पश्चात् मृतकका आफन्तहरु हस्पिटलमा

– मृतक पोमुप्रति हत्तेरीको हार्दिक श्रध्दाञ्जलीको साथै शोक सन्तप्त परिवारमा समवेदना !

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here