रेलिङको हेन्डरेल भाँचेर रेलको लिकमा खसाल्नेहरु पक्राउ…

प्रकाशित मिति
0
66
खसालिएको हेन्डरेल!

ताइ पो मा रेलिङको हेन्डरेल भाँचेर रेल वे ट्रयाकमा खसाली सेवा अवरुध्द गराएको अभियोगमा हङकङ प्रहरीले दुई किशोरलाई समातेको छ ।

१४ वर्षे चिना र १८ वर्षे ब्रिटिश मूलका हङकङे ती किशोरहरुले आइतबार बिहान ४ बजे फान्लिङदेखि साइकल चलाउँदै ताइ पो को आकाशे पुलमा गएको र १७ मिटर लामो रेलिङको हेन्डरेल भाँचेर रेलको लिकमा खसालेको अभियोग छ ।

खस्ने क्रममा हेन्डरेलले  झुन्डिरहेका बिजुलीका तारहरु चुँडालेको बताइन्छ । भाग्यवश उक्त समय रेल चलिरहेको थिएन र विद्युतीय प्रणालीले लिकमा अवरोध रहेको पत्तो लगाइहाल्यो र संभावित दुर्घटना टर्‍यो ।

उक्त कारणले फान्लिङदेखि ताइ पो मार्केट सम्मको रेलसेवा बिहान १ घन्टा अवरुध्द भएको र एम टि आर ले वैकल्पिक बस सेवा प्रदान गर्नुपरेको बताइन्छ ।

३ दिन सम्म सिसिटिभी फुटेजको अध्ययन गरी ती किशोरहरुलाई फान्लिङ स्थित उनीहरुको घरबाट पक्राउ गरिएको छ । १४ वर्षे किशोर सेकेन्डरी स्कूलका छात्र रहेको बताइन्छ भने १८ वर्षे किशोर साइकल दोकानमा काम गर्ने बताइन्छ ।

उनीहरुले कुनै हतियारको प्रयोग नगरेकोले केवल दुर्घटना मात्रै पनि भएको हुनसक्ने बताइन्छ । तर अपराध साबित भएमा १० वर्ष सम्मको जेल सजाय हुनसक्ने बताइन्छ, १० वर्ष माथिका सबैलाई कानुनले सजायको दायरामा ल्याउन सक्ने बताइन्छ । हालसम्म एम टि आर ले कुल क्षतिको आँकडा दिई नसकेको बताइन्छ ।

आजकालको समयमा चारैतिर सिसिटिभीको निगरानीले गर्दा चकचक गरेर उम्किनु पनि संभव छैन भनेर आफ्ना केटाकेटीहरुलाई संझाउनु पर्ला , हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here