रेलको लिकमा हाम्फाली आत्महत्या..

0
10

हिंजो सोमबार राति एक ब्यक्तिले रेलको लिकमा हाम्फालेर आत्महत्या गरेपछि इस्ट रेल लाइन सर्भिस अवरुध्द भएको थियो ।

रातको साढे १० बजे ताइ वाइ स्टेसनमा रेल आइरहेको बेला लगभग ४० वर्षका एक ब्यक्तिले प्लेटफार्मबाट हाम्फालेका थिए, रेलको ठक्करले उनको
घटनास्थलमै मृत्यु भयो । सिसिटिभी फुटेजमा देखिए अनुसार मृतकले आत्महत्या गरकेो पुष्टि भएको बताइन्छ । मध्यरातिदेखि रेल सेवा नियमित रुपले चलेको बताइन्छ ।

 

आत्महत्या कहिल्यै समस्याको समाधान हुन सक्दैन त्यसैले आत्महत्या जस्तो सोँच आए हङकङमा 852 2896 0000 या +852 2382 0000 फोन गरी निःशुल्क परामर्श लिन सकिन्छ । चिना वा अंग्रेजी बोल्न नआए पनि समस्या पर्दैन, यी संस्थाहरुले दोभाषेको पनि ब्यवस्था गर्दछन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here