रेलको डब्बा फुस्किँदा ८ घाइतेँ

प्रकाशित मिति
0
978
३ वटा डब्बा लिकबाट बाहिर

आज बिहान साढे आठ बजे हुङ होम स्टेसनमा ट्रेनको १२ डब्बा मध्ये ३ डब्बा फुस्किन पुग्दा ८ जना घाइतेँ भए । त्यस समय रेलमा ५ सय जना यात्री सवार भएको बताइन्छ ।

हुङ होम देखि इस्ट मंकोक सम्मको सेवा आज स्थगित भयो । एम टि आर कर्पोरेसनका अपरेशन डाइरेक्टर एडी लाउले कम्पनीको तर्फबाट क्षमा माग्दै घटनाको छानबिन गरिने बताएका छन् । साढे दश बजे घटनास्थल निरीक्षण गर्न पुगेका यातायात सचिव फ्रयाङ्क चानले घटनालाई अति गंभीर बताउँदै सरकारको तर्फबाट पनि छानबिन गरिने बताएका छन् । घाइतेँहरुलाई एम टि आर ले क्षतिपूर्ती दिने बताइन्छ , उनीहरुको उपचार क्वीन इलिजाबेथ अस्पतालमा गरिएको बताइन्छ ।

गए राति दुर्घटना भएको स्थानको रेलको लिक नियमित रुपमा फेरिएको बताइन्छ, दुर्घटनाको कारण छानबिन पछि मात्रै बताउन सकिने एम टि आर ले बताएको छ । आन्दोलनकारीहरुले टाउको दुखाइरहेको बेलामा दुर्घटना घट्नुले एम टि आर को विश्वसनीयतामा सवाल उठ्न थालेको छ, एम टि र को ग्रह शान्ति गर्नुपर्ने जस्तो देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here