राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित

प्रकाशित मिति
0
170

imageनेपालको राष्ट्रपति पदमा एमाले नेतृ विद्यादेवी भण्डारी निर्वाचित भएकी छिन्। उनी नेपालको पहिलो महिला राष्ट्रपति र गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बनेकी छिन्।

राष्ट्रपति पदमा बुधबार भएको मतदानमा उनले स्पष्ट बहुमत प्राप्त गरेर राष्ट्रपतिमा निर्वाचित भएकी हुन्। भण्डारीसँग कांग्रेसका पुराना नेता कुलबहादु गुरुङ पराजित भएका छन्। मत परिणामको औपचारिक घोषणा हुन बाँकी छ। अनौपचारिक रुपमा प्राप्त विवरणअनुसार बिद्या भण्डारीले ३२७ मत र कुलवहादुर गुरुडले २१४ मत पाएका छन्। पाँच बजे बोलाइएको संसद्को बैठकमा मत परिणामको औपचारिक घोषणा हुनेछ। नयाँ राष्ट्रपतिलाई लिन कारगेट गाडीसहितको सुरक्षा टोली स‌ंसद् भवनमा पुगिसकेको छ। भण्डारीलाई बधाइ दिने क्रम सुरु भएको छ।

श्रोत- अन्नपूर्ण पोष्ट

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here