राष्ट्रपति,उपराष्ट्रपति चयन प्रकृया सुरु , गोप्य मतदान !

प्रकाशित मिति
0
56
  1. imageव्वस्थापिका संसदको बैठक आज अपरान्न ३ बजे बस्दैछ । बैठकले राष्ट्रपति र उपराष्ट्रति चयन प्रकृया बारे निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गर्ने संसद सचिवालयले जनाएको छ ।
    संसदले सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि कात्तिक ८ गतेसम्मको समय दिईने , र निर्वाचनका लागि संसदका महासचिव मनोहरप्रसाद भट्टराईको संयोजकत्वमा निर्वाचन मण्डल गठन गर्ने छ ।

सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइकेलका अनुसार
दलहरुबीच सहमति कायम हुन नसके संविधानको धारा २ सय ९७ को उपधारा ३ बमोजिम  राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि संसदमा बहुमतीय प्रक्रिया सुरु हुनेछ । बहुमतीय प्रक्रिया अन्तर्गत कार्तिक ९ गतेभित्र उम्मेदवारी दर्ता र १० गते प्रचारप्रसारको समय दिनेगरी कार्यतालिका बनाउने तयारी भएको छ । मतपत्र छाप्न समय लाग्ने भएकाले कार्तिक १३ गतेभित्र निर्वाचन सम्पन्न गर्ने तयारी भएको साथै राष्ट्रपति र उपराष्ट्रपतिको चयन मतदान भने गोप्य रहने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here