रातो सुन तस्करहरु पक्राउ…

प्रकाशित मिति
0
26

red sandalwood

रक्त चन्दनका तस्करमा संग्लग्न ११ जना हङकङे नागरिकहरुलाई पुलिस र भन्सार कर्मचारीले पक्राउ गरेको छ । संगठित रुपमा काम गरिरहेको उक्त गिरोहले विगत २ वर्षमा ३ करोड डलर बराबरको चन्दन र इलेक्ट्रोनिक सामान उनीहरुले हङकङदेखि चीन तस्करी गरेको बताइन्छ ।

यस गिरोहको मूल नाइकेको रुपमा ५८ वर्षे पुरुष र ४८ वर्षे महिला पनि पक्राउ भएको बताइन्छ भने उनीहरुकी २३ वर्षे छोरीलाई पनि पक्राउ गरिएको छ, छोरीले मनि एक्सचेन्ज चलाएर मुद्रा अपचलन गर्न सघाएको पुलिसको आरोप छ । पुलिसले उनीहरुको साथबाट ५४ लाख डलर बराबरको ९० वटा रक्त चन्दनको काठ पनि बरामद गरेको छ।

नेपाल, इन्डिया, पाकिस्तान, श्रीलंका लगायतका देशहरुमा अवैध रुपमा १०० डलर प्रति किलो खरीद गरेर चीनमा १,००० डलर प्रतिकिलो बेचिने गरेको रक्त चन्दनलाई रातो सुन भनिने गरेको बताइन्छ । धेरै जसो मुलुकमा रक्त चन्दनलाई आरक्षित वनस्पतिको रुपमा संरक्षण गर्ने गरेको पाइन्छ भने यो उच्च स्तरीय फर्निचर र काष्ठकलाको लागि प्रयोग गरिने बताइन्छ।

 

स्रोत: scmp

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here