रसिक गायक खेमराज गुरुङ रहेनन्…

0
6

khemraj

‘वारि जमुना पारि जमुना..’ ‘आलुतामाले’, ‘बेहाल भयो जिन्दगी यो’ ,’धराने बजार’ आदि लगायत चर्चित गीतका गायक चर्चित गायक खेमराज गुरुङको ४२ वर्षको उमेरमा निधन भएको छ ।

केही समयदेखि जन्डिसबाट पीडित गुरुङ करिब एक हप्ताअघि अस्पताल भर्ना भएका थिए। उनको कलेजोमा गम्भीर समस्या रहेको चिकित्सकहरुले बताएका थिए । चिकित्सकको सल्लाहअनुसार उनलाई बिहिबार एयर एम्बुलेन्सबाट उपचारका लागि भारत लैजाने तयारी गरिएको थियो तर बिहान नाकबाट रगत बगी एक्कासी अचेत भएपछि उनलाई चाबहिलस्थित मेडिकेयर अस्पतालको भेन्टिलेटरमा राखिएको थियो ।

गायक गुरुङको मृत्युको मूल कारण मदिरा सेवन बताइएको छ, लामो समयदेखि अत्यधिक मात्रामा मादक पदार्थ सेवन गर्ने गुरुङलाई रक्सी छोडाउनका लागि सुधार केन्द्रमा समेत लगिएको बताइन्छ ।

गायक गुरुङका जीवन, जीवन–२, अनमोल, धरान–पोखरा, सोल्टी, आलुतामा, ढाक्रे र घुमफिर एल्बम निस्किएका छन् ।

संखुवासभा थात थलो भएका खेमराज गुरुङ  रसिक पूर्वेली भाकाका गीत गाउन माहिर थिए, स्टेज  पर्फमेन्समा विशेष जम्ने गुरुङ उनका गीतहरुको कारण नेपाली संगीतमा उनी चीर स्मरणीय रहनेछन् ; हत्तेरी डटकमको हार्दिक श्रध्दाञ्जली तथा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना !

https://www.youtube.com/watch?v=s0AeZZI68o8

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here