यो सप्ताहान्त पनि हङकङ तनावग्रस्त…

प्रकाशित मिति
0
688
चिम सा चुई पुलिस स्टेसनमा टियर ग्याँस टिपेर पुलिसतिर हुुँइक्याउँदै आन्दोलनकारी

यो शनिबार-आइतबार पनि हङकङमा पुलिस र प्रदर्शनकारीको झडप जारी रह्यो । चिम सा चुई, साम सुई पो, वान्चाई, क्वाई चुङ मा झडपहरु भए । हिंजोको आन्दोलनको क्रममा १३ जना घाइतेँ भएको बताइन्छ भने ९ जना उपचार पछि डिस्चार्ज भइसकेको बताइन्छ ।शनिबार आइतबार दुवै दिन चिम सा चुई पुलिस स्टेसन आन्दोलनकारीको तारो बन्यो ।

आन्दोलनकारीलाई तितर बितर पार्न रातो लाइनको क्वाई फोङ स्टेसन भित्र प्रहरीले टियर ग्याँस प्रहार गर्‍यो । क्वाई चुङ पुलिस स्टेसन तर्फ बढिरहेको भीडलाई रोक्न ट्रेन सेवा निलम्बित गरिएको स्टेसनमा प्रहरीले टियर ग्याँस प्रहार गरेको बताइन्छ । त्यहाँ एकजना रगताम्य भएको आन्दोलनकारीलाई साथीहरुले उपचारको लागि मध्दत गरेको बताइन्छ ।

हङकङ लाइनको ताइ कु स्टेसनमा पनि दंगा प्रहरी र आन्दोलनकारी बीच झडप भयो । ताइ कु को लामो एस्केलेटरमा चढेका आन्दोलनकारीलाई स्केलेटरमै दंगा प्रहरीले लाठी चार्ज गरेको बताइन्छ , त्यो क्रममा बेलायतको झन्डा बोकेर हिंड्ने महिला लडेको बताइन्छ । फुजियानी गिरोहको क्षेत्र भएकोले खतरनाक नर्थ प्वाइन्टमा भने तुलनात्मक रुपमा शान्ति रहेको बताइन्छ । पुलिस तैनाथ रहनुको साथै आन्दोलनकारीले त्यो क्षेत्र बाइपास गरेकोले गिरोहले सामान्य नागरिक र पत्रकारलाई छिटफुट धम्क्याउने काम मात्रै गरेको बताइन्छ ।

भिक्टोरिया पार्कमा भेला भएका आन्दोलनकारी कज्वे बे, वान्चाई, साउकि वान ,साइवान हो क्षेत्रमा छरिएको बताइन्छ । साउकी वान ,साइ वान हो र शातिनमा राति अबेर सम्म तनाव रह्यो, पुलिसले अनावश्यक बल प्रयोग गरेको भन्दै स्थानीय जनताले पुलिसलाई घेरेका थिए ।

कालो पोशाकमा डन्ठा सहित पुलिस!

कालो टि सर्ट लाएर आन्दोलनकारीको भेषमा रहेका पुलिसकर्मीहरुले पुलिस सँग सहकार्य गरेको भिडियो टेलिभिजनमा प्रसारित भएको बताइन्छ भने चुनवानको इ पेस स्क्वेयरमा सेतो टि सर्ट पहिरिएका आक्रमणकारीहरुले सिसा, बेल्चा, छुरा र रडले आन्दोलनकारीहरुमाथि हमला गरेको बताइन्छ । पुलिस आउँदा उनीहरु भागेको बताइन्छ ।

चुनवानमा सेतो टि सर्ट धारीहरु!

क्यारी लाम सरकारले मध्यराति हिंसात्मक आन्दोलनको भर्त्सना गरेको छ, नागरिकलाई हिंसात्मक आन्दोलनमा सरिक नहुन अपील गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here