यो बिहिबार हङकङमा भुइँचालो आउने कि नआउने?

प्रकाशित मिति
0
2271
Jucelino Nobrega da Luz

ब्राजिलियन ज्योतिषको भविष्यवाणीलाई आधार मानेर साउथ चाइना मर्निङ पोस्टले प्रकाशित गरेको समाचार हटाएको छ ।

प्रोफेसर जुसेलिनो डा लुजले सन २०१४ मा भविष्यवाणी गर्दै हङकङमा मे २३ तारीख ७ रेक्टर स्केलको भुइँचालो गई ब्यापक जनधनको क्षति हुनजाने बताएका थिए ।
उनले त्यस समयका हङकङ प्रमुख सि वाई ल्योङलाई सतर्क गराउने चिठी पनि लेखेका थिए । प्रिन्सेस डायनाको दुर्घटना, ट्विन टावर हमला, सुनामी प्रकोप, चीनको सिचुआना भुकम्प बारे आफूले ठिकसँग भविष्यवाणी गरेको डा लुजको दाबी रहिआएको छ । सपनालाई आधारित गरेर उनले भविष्यवाणी गर्ने गरेको बताइन्छ ।

दुई टेक्टोनिक् प्लेटको साँधमा पर्ने मुलुकहरुमा प्राय भुकम्प गइरहने गर्छ तर हङकङ युरेसियन प्लेट माथि मात्रै रहेकोले ठूला भूकम्पको संभावना नरहेको विज्ञहरुको भनाइँ रहेको छ ।
आफ्नो वेबसाइटमा उनले २९ अप्रिल २०१९ मा जारी गरेको भविष्यवाणीहरुको लिस्टबाट हङकङको भूकम्प हटाएकोले पनि भुइँचालो नजाने कुरामा ढुक्क हुन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here