युवतीको अभद्र तस्वीर खिचेको आरोपमा पक्राउ

प्रकाशित मिति
0
98

आज दिउँसो १२ बजे केनेडी टाउनको एम टि आर स्टेशनमा रहेको एस्केलेटरमा चढेकी महिलाको फोटो उँधोबाट खिच्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।

एक ब्यक्तिले त्यस युवकको हर्कत देखेर महिलालाई जनाउ दिनुको साथै भाग्न खोज्ने त्यस युवकलाई नियन्त्रणमा लिई पुलिसलाई बुझाएको बताइन्छ ।

आजकाल सबैको हातमा फोन हुन्छ, जता पायो क्लिक गरिन्छ तर यसरी नचाहिँदो काम गर्दा अनावश्यक झमेला बेहोर्नु पर्ने हुनसक्छ ।
हेर्नुस् त, मान्छे हेर्दा टिपटप जेन्टलम्यान जस्ता देखिँदैनन् र?

स्रोत ः Dimsum daily

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here