युवकले दुई पन्च दिएर महिला ढाल्यो..

प्रकाशित मिति
0
105

woman_on_floor_in_kowloon_tong_station_16.08.16

हिंजो दिउँसो साढे चार बजे तिर काउलुन तोङ स्टेशनको एस्केलेटरमा आफ्नो बाटो सुटकेसले ब्लक गरेको भन्दै एक ३२ वर्षे युवकले ४९ वर्षे महिलामाथि प्रहार गरेका छन् । ओरियन्टल डेलीका अनुसार प्रत्यक्षदर्शीका अनुसार चुङ थरका त्यस युवकले एस्केलेटरमा डेङ थरकी मेन्ल्यान्डर लाई कटेर जान खोज्दा महिलाले उनको पाखुरा समाए, चुङले पनि २ पटक महिलाको अनुहारमै हातले मार्सल आर्ट शैलीमा हिर्काएर लडाइदिए । प्रहारपछि एम टि आर कर्मचारीले रोक्न खोज्दा पनि चुङ निस्किए । तर स्टेशन बाहिरै पुलिसले उनलाई पक्राउ गर्‍यो ।

रिंगटा लागेको भन्दै डेङलाई उपचारको लागि क्वीन एलिजाबेथ अस्पताल लगियो । हङकङका मान्छे आगोमा बसेको प्रेसर कुकर जस्ता हुन्, सिट्टी बज्न छोइमात्रै दिए पुग्छ, होश गर्नुस् है ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here