युन लोङमा एक कारबाट हङकङ डलर ९ लाख बढी लुटियो !

प्रकाशित मिति
0
1384

युन लोङमा आज बिहान ९ः४५ बजे ३ जना सवार रहेको एक कारलाई लगभग १० को संख्यामा आएका आक्रमणकारीहरुले हमला गरेर ९ लाख डलर बढी नगद रहेको ब्याग लिएर भागेको बताइन्छ ।

युन लोङ तुङ ताई स्ट्रिटमा पार्क गरिरहेको कारमा लाठी र धारिलो हतियार बोकेका ब्यक्तिहरुले आक्रमण गरेका थिए ।
पीडित मध्ये १ ले उनीहरुलाई तर्काउन खोज्दै अर्कोले गाडी भगाउने कोशिस गरे पनि कार साइन पोस्टमा ठोक्किएर ट्रकको पछाडि ठोक्किन पुग्यो ।
आक्रमणकारीहरुले तुरुन्तै उसलाई वशमा लिई पैसावाला ब्याग लिएर भागेको बताइन्छ ।

पुलिसले आक्रमणकारीहरुको खोजी गरिरहेको छ भने पीडितहरुको उपचार तुन मुन अस्पतालमा भइरहेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here