युनिभर्सिटीमा एक युवक मृत अवस्थामा…

प्रकाशित मिति
0
1460

हिंजो शनिबार राति हुङ होमको हङकङ पोलिटेक्निक युनिभर्सिटीमा एक ३१ वर्षे युवक मृत अवस्थामा फेला परे ।

बेलुकी ७ः२५ बजे Z ब्लक को ग्राउन्डमा लास देखेपछि सेकुरिटीले पुलिसलाई खबर गरेका थिए । चुङ थरका ती युवक हङकङ पोलिटेक्निक युनिभर्सिटीसँग सम्बध्द नभएको त्यहाँका विद्यार्थी संगठनले जनाएको छ । मृतकको साथमा हङकङ इन्स्टिच्युट अफ भोकेसनल एजुकेसनको परिचय पत्र भेटिएको बताइन्छ । उनी कसरी पोलिटेक्निक युनिभर्सिटी आइपुगे भन्ने अनुसन्धानको विषय भएको बताइन्छ । उनको साथबाट कुनै सुसाइड नोट नभेटिएको बताइन्छ । उनी ११ औं तलाबाट खसेको हुन सक्ने बताइन्छ ।

प्रिन्स एडवार्ड स्टेसनको प्रहरी कार्यवाहीमा ३ जनाको मृत्यु भएको हुनसक्ने आशंका आन्दोलनकारीले गर्दै आएका छन् र सिसिटिभी फुटेज सार्वजनिक गर्न दबाब दिँदै स्टेसनमा धर्ना दिने काम दिनहुँ जस्तो गरिरहेका छन् ।यस्तो अचानक गरी लास भेटिएका हालका घटनाहरुले आम जनता झन सशंकित भइरहेको अवस्था छ । तर प्रहरीले भने आन्दोलनमा पुलिस कार्यवाहीको कारण हालसम्म कसैको मृत्यु नभएको बताउँदै यस्ता अफवाहहरुको पछि नलाग्न आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here