युनिभर्सिटीमा आगलागी हुँदा १२ घाइतेँ

प्रकाशित मिति
0
86

आज बिहिबार बिहान १ बजे काउलुन तोङ स्थित बाप्टिस्ट युनिभर्सिटीको छात्रावासमा आगलागी हुँदा १२ विद्यार्थीहरु घाइतेँ भएको समाचार छ ।

नोभेम्बर महिनामा जन्मिएकाहरुको बर्थ डे मनाउन युनिभर्सिटीको एक्टिभिटी हलमा लगभग २० जना साथीहरु भेला भएको बताइन्छ । बर्थ डे क्यान्डल बलिरहेको बेलामा कसैले आँटा छर्दा आगो फैलिएको बताइन्छ । उनीहरुले विगतमा पनि पार्टीहरुमा आँटा छरेर रमाइलो गर्ने गरेको बताइन्छ ।

१८ देखि २३ वर्ष उमेरका ८ जना छात्रा र ४ जना छात्र गरी १२ जना घाइतेँ भएकोमा ६ जना सामान्य उपचार पश्चात गर फर्केको बताइन्छ भने २ जना उपचाररत बताइन्छ , चान थरकी छात्राको अवस्था गंभीर रहेको बताइन्छ । उनीहरुको उपचार एलिजाबेथ अस्पतालमा भइरहेको छ ।

यो शहरमा आगोको यस्तो खतरा रहँदा मनमा प्रश्न उत्पन्न हुन्छ, जन्मदिनको अवसरमा मैनबत्ती फुक्नै पर्ने चलनलाई निरन्तरता दिइरहनु आवश्यक छ र? होश नपुर्‍याए जन्मदिन नै अन्तिम दिन पनि हुनसक्ने रहेछ, हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here