युनलोङमा एक दम्पतिद्वारा आत्महत्या

0
4

हिंजो बुधबार युनलोङको साउ फु स्ट्रिट स्थित एक अपार्टमेन्टमा सम थरका दम्पतिले आत्महत्या गरेको अवस्थामा फेला परेको समाचार छ ।

५४ वर्षे श्रीमान र ५६ वर्षे श्रीमतीको फ्ल्याटबाट दुर्गन्ध आएपछि छिमेकीले पुलिसलाई खबर गरेको बताइन्छ ।
फायरम्यान र पुलिसको टोलीले ताला तोडी हेर्दा कोइला बालेर उनीहरुले आत्महत्या गरकेो बताइन्छ । उनीहरुले कोइलाको दुर्गन्ध कम गर्न ए सी बाली सुगन्धित तेल पनि राखेको बताइन्छ ।

२० वर्षदेखि विवाहित उनीहरुको कुनै सन्तान नरहेको बताइन्छ ।
कुनै सुसाइड नोट नछोडे पनि १ लाख डलर तिर्नु बाँकी रहेको बैंक स्टेटमेन्ट घटनास्थलमा फेला परेको थियो ।

बैंकले सुरुमा फकाई फुल्याई सजिलै गरी हाँसी हाँसी ऋण दिन्छ, नियमितरुपमा किस्ता भुक्तानी गर्न नसकेपछि कठोर मानसिक यातना दिन्छ ।

त्यसैले बिना धितो सजिलै पाइयो भन्दैमा अनावश्यक ऋण पान नगर्नु नै उत्तम होला, बाँकी हजूरहरुको मर्जी तर आत्महत्या चैं प्लिज नगर्नुहोला है!

आत्महत्या जस्तो सोँच आए हङकङमा 852 2896 0000 या +852 2382 0000 फोन गरी निःशुल्क परामर्श लिन सकिन्छ । चिना वा अंग्रेजी बोल्न नआए पनि समस्या पर्दैन, यी संस्थाहरुले दोभाषेको पनि ब्यवस्था गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here