युनलोङमा आत्महत्या गर्न चाहनेको ज्यान जोगाइयो…

प्रकाशित मिति
0
62

babar

शनिबार बिहान ८ बजेतिर युनलोङको हि ली पाथमा पाकिस्तानी मूलका हङकङ नागरिक बाबरले हल्ला खल्ला सुने । नजिकै गएर हेर्दा त्यहाँको नालीमा एक विदेशी नागरिक हाम्फालेका रहेछन् । बाबरले पानीमा गएर त्यस आत्महत्या गर्न चाहने क्वाइलोलाई उध्दार गरे । आफ्नी प्रेमिकाले त्यागेको भएर आत्महत्या गर्न चाहने त्यो ३३ वर्षे मातेको अवस्थामा बताइन्छ । उनलाई एम्बुलेन्समा अस्पताल लगिए पनि पासपोर्ट नभएकोले भर्ना गर्न सकिएन ।
सफाई कर्मचारीको रुपमा काम गर्ने बाबरको आइफोन ४ पानी पसेर बिग्रियो । उनको बहादुरीको लागि एक स्थानीय महिलाले आइफोन एस ई उपहार दिइन् ।

अहिले बाबरलाई इन्टरनेटमा र मिडियामा सबैले हिरोको दर्जा दिइरहेका छन् । ३ पुस्तादेखि हङकङमा रहेका बाबर आफूले स्कूलदेखि नै जातिय विभेद सहनुपरे पनि आफूलाई हङकङकै नागरिक मान्ने गरेको बताउँछन् ।

त्यो फोहर नालीमा घुँडा जति मात्रै पानी रहेको बताइन्छ, त्यहाँबाट बेहोस मान्छे तान्न ठूलो बहादुरी त चाहिन्थेन तर असल नियत पक्कै चाहन्थ्यो जुन मूकदर्शक बनेर बस्नेहरुले देखाएनन् । लास्टमा त दक्षिण एसियालीकै ठूलो छाति भेटियो त, हगि!

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here