युकेमा बाबाको हत्या हङकङमा छोराको विरोध

प्रकाशित मिति
0
158

17200077_10155062492711197_881900530_o-1

गत शुक्रबार मार्च १० तारीख युकेको  अल्डरसट भिक्टोरिया रोडमा अवस्थित एक घरमा ५० वर्षीया विधवा सुकमाया तामाङ्ले ७५ वर्षीय मानबहादुर लिम्बू लाई छुरा हानी हत्या गरेको समाचार आएको छ ।

युकेबाट संचालित वेबसाइटका अनुसार  दुई छोरा र दुई छोरीकी आमा ती महिलाले हत्यापछि एउटा नोटमा आफूलाई बलात्कार गर्न खोजेपछि छुरा हानेर मारेको लेखेकी थिइन् । अहिले घटनास्थललाई प्रहरीले घेरा हालेकाले विस्तृत विवरण आउन बांकी छ ।

पुर्ख्यौली थलो ताप्लेजुङ भएको र धरान-१० का स्थायी बासिन्दा मानबहादुर लामो समय हङकङ बसोबासपछि युके स्थान्तरण भएका थिए ।

हङकङमा रहेका मृतक लिम्बूका छोराका अनुसार उनको बाबाको हत्या सुनियोजित ढंगले भएको छ । पहिल्यैदेखि लिम्बूसँग राम्रो सम्बन्ध र संपर्कमा रहेकी अभियुक्त तामाङले उनलाई आफ्नो घरमा बोलाएर हत्या गरेको र खुकुरी बोकी मृतकको घरमा गएर मृतककी पत्नीलाई समेत आक्रमण प्रयास गरेको पारिवारिक सुत्रले जनाएको छ ।

मृतकका छोराका अनुसार आफ्नो बाबा हङकङ आउनको लागि एयर टिकट लिन गएका थिए । विभिन्न वेबसाइटमा प्रचारित जसरी आफ्नो बाबा २५ वर्षको युवक नभई ७५ वर्षका वृद्ध रहेको र उनीबाट ५० वर्षीया महिला माथि बलात्कारको अभियोगमा समाचार फैलिनुले आफूलाई मर्माहत तुल्याएको बताउँछन् । युके पुलिसबाट चाँडै सत्य तथ्य पत्ता लाग्ने उनको विश्वास छ, अनावश्यक हल्ला र प्रतिक्रियाहरु दिएर शोकाकुल परिवारको भावनामा ठेस पुर्‍याउने अमानवीय कार्य नगर्न उनले अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here