यातायात सहुलियत कसरी लिने?

प्रकाशित मिति
0
105

क्यारी लाम सरकारको पूर्व घोषित योजना अनुसर महिनावारी ४ सय भन्दा बढी अक्टोपस प्रयोग गरी यातायातमा खर्च गर्नुहुन्छ भने अब तपाईंले २५% सहुलियत पाउनु हुनेछ ।
१ जनवरी देखि लागू गरेको यो प्रणाली अन्तर्गत पहिलो सहुलियत किस्ता पर्सी १६ फेब्रुअरी देखि दाबी गर्न सकिन्छ ।

कसले पाउँछ ?
४ सय डलर भन्दा बढीको यातयात खर्च गर्ने अक्टोपस प्रयोग गर्ने जो कोहीले ।

कति पाइन्छ ?
महिनाको जम्मा खर्चमा ४ सय डलर घटाएर रहेको रकमको २५% ।
जस्तोः ५०० डलर एक महिनामा खर्च भएको छ भने ५००-४००‍‍=१००, त्यसको २५% भन्नाले २५ डलर फिर्ता पाउनुहुनेछ ।
तर बढीमा ३०० डलर सम्म मात्रै पाउन सक्नुहुनेछ ।

कसरी लिने?
एम टि आर स्टेसन र सार्वजनिक स्थानहरुमा मा माथि दिइएका जस्ता १८०० मेसिनहरु राखिएका छन् , सजिलोसँग नीलो मेसिनको प्रयोग गरी अक्टोपसमा सहुलियत रकम भर्न सक्नुहुनेछ ।
हरियो मेसिन चाहिँ महिनावारी टिकट पास लिएका ग्राहकले रेजिस्ट्रेसन गराउनको लागि हो ।

 

लु ,भ्यालेन्टाइन डे मा प्रेमिकालाई लिएर टाढा टाढा घुम्न जानुहोस्, परेको सरकारले बेहोर्छ तर २५% र ३०० डलर सम्म मात्रै है किनकि सबै कुराको सीमा हुन्छ 😉

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here