याक्थुङ स्वर समूह हङकङको “नाम्धिङ्गो” एल्वम लोकार्पण

प्रकाशित मिति
0
128

image

याक्थुङ् स्वर समूह हङकङ द्वारा, संयुक्त लिम्बू भाषा गीती एल्वम “नाम्धिङ्गो” आज २५ सेप्टेम्बर आईतबार याक यति रेष्टुरेन्टमा , प्रथम लिम्बू गायक भगत सुब्बा,बरिष्ठ संगीतकार दिनेश सुब्बा, समीक्षक समाज संयोजक तथा गीतकार हेम लावती, किराँत थाक्थुङ चुम्लुङ हङकङका अध्यक्ष त्रिभूवन लुम्फुवाको अतिथित्यमा लोकार्पण गरिएको छ ।
चन्द्र मान अन्छाङ्बो , राजु आङदेम्बे, मन्जु कंली, कमान ध्वज लावती, रोशा साम्सोहाङ् , संगीता आङ्बुहाङ् र टिका माखिम गरि ७ गायकहरुको ७ गीत समेटिएको , उक्त एल्वम हङकङकै पहिलो लिम्बू भाषा गीती एल्वमको रुपमा निकालिएको समूहले बताएका छन् ।

image
नाम्धिङगो एल्वमका गायक गायिकहरु

कार्यक्रममा एल्वमको समीक्षा भगत सुब्बाले गरेका थिए, समीक्षा गर्ने क्रममा १, गायक चन्द्रमान अन्छाङ्बोलाई स्वर राम्रो छ, अझै प्रयास गर्नु पर्ने , २, गायक टिका माखिमलाई गीत भन्दा भीडियो राम्रो भएको ३, गायक राजु आङदेम्बेको गायिकीमा कुनै कमि नरहेको ४, गायिका संगीता आङ्बुहाङ्को स्वर मिठो छ अझै धेरै मेहनत गर्नु पर्ने, ५ गायिका मन्जु कंलीले टायमिंगमा नमिलेको हुनाले ध्यान दिनु पर्ने ६, गायक कमान ध्वज लावतीको हाक्पारे पालममा एकदमै राम्रो रहेको मेहनत गर्दै गए  भबिष्यमा लिम्बूको स्टार नै बन्न सक्ने, यसै गरि ७, गायिका रोसा साम्सोहाङ्को स्वर एकदमै मिठो र क्लिन रहेको तर नेपाली गीत जस्तो लिम्बू गीत हुँदैन, कता कता नेपाली गीत तिर ढल्केको हो कि, जस्तो तर भबिष्यमा लिम्बू गीत पनि राम्रो गाउन सक्ने , भन्दै , राम्रा नराम्रा आफ्ना कमी कम्जोरीहरुलाई सुधारेर अगाडी बढ्ने सुझावहरु दिए, ।

अथितीहरुलाई याक्थुङ् स्वर समूहका चेलीहरुले ढाकाको गाम्छा ओडाएर सम्मान गरेका थिए , भने कार्यक्रम संचालन गायक राजु आङ्देम्बेले गरेका थिए ।

-हङकङ जस्तो ब्यस्त शहडमा पनि , यस्तो प्रगतीहरु देख्न पाउँदा खेरी , हत्तेरीलाई भने गर्व लागेको छ । यहाँहरुलाई हत्तेरी डट कमको  बधाई तथा शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here