याउ मा तेइ मा शव भेटियो ..!

प्रकाशित मिति
0
1801

१४ अगष्ट साँझ ६ बजे, चाङ डैनेस्टी बिल्डिङ ११३ संघाइ स्ट्रिट याउ मा तेईको एउटा कोठामा २३ बर्षे एक पाकिस्तानी पुरुषको शव भेटिएको समाचार छ ।
केही दिन देखि बन्द रहेको कोठाबाट गन्ध आउन थाले पछि शंका लागि छिमेकीले प्रहरीलाई खबर गरेको बताइन्छ । प्रहरीले ढोका तोडेर हेर्दा बेडमा पल्टिरहेको उनको मृत्यु शंकास्पद लागे पछि केही पहिले नै हत्या भएको हुन सक्ने आशंंकामा ठूलो संख्यामा प्रहरी उपस्थित भइ घटनाको बिस्तृत अनुसन्धान गरेको बताइन्छ । अनुसन्धानमा कुनै शंकास्पद प्रमाण नभेटिएको र सुसाइड नोट पनि फेला नपरेको बताइन्छ । प्रहरीले उनको सुतेकै अवस्थामा मृत्युु भएको हुन सक्ने बताउँदै शवलाई आजै फ्यूनरल हाउस पठाइएको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here