याउ मा तेइमा १९ औं तलाबाट खसेर..

प्रकाशित मिति
0
19

हिंजो मंगलबार साँझ करीब ८ बजे याउ मा तेई को मान इङ स्ट्रिटमा रहेको मान वा बिल्डिङको १९ औं तलाबाट खसेर एक १५ वर्षे भारतीय मूलका किशोर घाइतेँ भएका छन् ।
सर कादुरी स्कूलमा सेकेन्डरी दुईका छात्र रहेका सिंह थरका ती किशोर स्कूल छुट्टी भएपछि घर नगई साथीहरुसँग उक्त बिल्डिङको छतमा खेल्न गएको बताइन्छ ।आजकाल उफ्रेर छत नाघ्ने खेलहरु अनलाइनमा देखेर प्रभावित भएका भनिएका किशोरले लगभग २ मिटर दूरीमा रहेको बिल्डिङको एक छतबाट अर्को छतमा हाम्फाल्न खोज्दा खसेको विश्वास गरिएको छ । उनी खस्दा बिल्डिङका एयरकन्डिसनहरुमा ठोक्किँदै १ तलामा रहेको छानामा खसेकोले बच्न भने सफल भएको बताइन्छ । उनलाई उपचारको लागि क्विन एलिजाबेथ अस्पताल लगिएको थियो ।

आजकाल इन्टरनेटमा नानाओली भिडियो हेर्न पाइन्छ, कतिले हाम्रा बालबालिकालाई यस्ता जोखिमपूर्ण अवस्थामा पुर्‍याइदिन्छन् । गत नोभेम्बरमा  बिल्डिङको टुप्पा टुप्पामा चढेर सेल्फी खिच्न नामुद चिनियाँ युवकको खसेर मृत्यु भएको समाचार पनि तपाईंहरुले थाह पाउनु भएको थियो नै होला। हेर्नुस् त भिडियो ;

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here