याउ मा तेइमा ढल्यो रुख, १ को मृत्यु

प्रकाशित मिति
0
147

wylie_road_cab

याउ मा तेईको वाइली रोडमा आज भएको भारी वर्षातको कारण दिउँसो साढे २ बजेतिर ढलेको १५ मिटर अग्लो रुख ट्याक्सीमा खस्दा एक यात्रुको निधन भयो ।
ट्याक्सी चालक छोरा, छोरी र हेल्परका साथ लागेर क्वीन एलिजाबेथ अस्पताल जाँदै गरेका यात्रु घटनाको कारण बेहोस भएका थियो ।
६४ वर्षे ट्याक्सी चालक छोराका अनुसार रुख ढलेको देखेर उनले तुरुन्तै ब्रेक लगाएका थिए, तर सायद आत्तिएका कारण उनका ९६ वर्षे पिता बेहोस भए।
अस्पतालमा उपचार गर्दा गर्दै वृध्दको मृत्यु भयो ।

सडकको विपरीत लेनमा गुडिरहेको गाडीलाई पनि रुखले लागेको थियो तर अरु कसैलाई केही चोटपटक लागेन । फायर फाइटरले अवरुध्द सडक ४५ मिनेटमा खुलाएका थिए ।

हत्तेरीलाई लाग्छ- सबैलाई सुख दिने रुख बिचरा ढल्दा ढल्दै अपजस लिएर गयो, ९६ वर्षे रोगी वृध्द रुख ढलेरै बितेका होलान् त?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here