“यहाँ भूँइचालो कतिको आउँछ?” कवि भूपालले हङकङ टेक्दै सोधे…

प्रकाशित मिति
0
124

वरिष्ठ कवि तथा गीतकार भूपाल राई नेपाल एयरलाइन्सको आजको फ्लाईटमा हङकङ ओर्ले । नेपालको त्रिभुवन विमानास्थलबाट गायिका शीला राईबाट विदाई पाएका उनलाई हङकङ एयरपोर्टमा आयोजक समीक्षक समाजको तर्फबाट वरिष्ठ संगीतकार दिनेश सुब्बाको साथमा गायक अन्तिम राई र कवयित्री मनु कन्दङवाले स्वागत गरे ।

 

bhupal
नेपालको त्रिभुवन विमानस्थलमा

हङकङ आइपुगेपछि प्रतिक्रियामा कवि राईले हङकङ आफूले परिकल्पना गरेको भन्दा फरक पाएको बताए । समुद्र छ भन्ने थाह थियो तर पहाडहरु होला भन्ने थाह नभएको उनले बताए । काठमाण्डौमा सोफा हल्लिँदा मात्रै पनि सातो जाने गरेको बताउँदै यहाँका अग्ला बिल्डिङहरु देखेर “यहाँ भूँइचालो कतिको आउँछ?” भनेर सोधे । दशकौं देखिका साथी तथा गीत संगीतमा सहकार्य गरेका संगीतकार सुब्बाले “आउँदैन” भनेपछि उनी आश्वस्त भए ।  नातामा सालो पर्ने गायक अन्तिम राईले घर भाडा मात्रै महिनाको नेपाली ७० हजार रुपैयाँ तिर्नुपर्छ भन्दा उनले अचम्म माने।

पहिलो पल्ट  हङकङ आएका भूपाल राईको यो पहिलो विदेश भ्रमण भने होइन, उनले यस अघि युरोप भ्रमण गरिसकेका छन् ।

14285095_10154433133736774_104476212_o
हङकङ एयरपोर्टमा कवयित्री मनु कन्दङवा र संगीतकार दिनेश सुब्बासँग

समीक्षक समाजको निम्तोमा एक हप्ताको लागि हङकङ आएका कवि राईले यहाँका गीत अनुरागीहरुसँग गीत लेखन बारेमा विमर्श गर्नेछन् भने रबिन बान्तावा खाहोङ राई को “गीत सागर” नामको गीत संग्रह पनि विमोचन गर्नेछन् ।

 

14285433_10154433133666774_1550459611_o
गायक अन्तिम राई र संगीतकार दिनेश सुब्बा सँग

bhupal3

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here