यमन श्रेष्ठले रुँदै गाए…

प्रकाशित मिति
0
107

madanputra

सुप्रसिध्द हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठका पुत्र गायक यमन श्रेष्ठले हङकङका रचनाकार-संगीतकार कृष्णभक्त महर्जनको नेवारी गीत गाएका छन् । हालै रिलिज भएको “यो मा जित ब्या ब्यु” शीर्षकको गीत हाइलाइटस् नेवार च्यानलमा हेर्न सकिन्छ । बाउ-आमा र नातागोतालाई आफ्नो बिहे गरिदिन अनुरोध गरिएको यस गीतमा गायिका सोनम महर्जन र एरेन्जर हरिशरण महर्जनलाई पनि देख्न सकिन्छ ।

बसन्त महर्जनको क्यामेरा र स्वदेश महर्जनको संपादन रहेको यस गीतमा अङ्ग्रेजी सबटाइटल पनि रहेकोले गैह्र नेवार भाषी समुदायले पनि बुझ्न सक्नेछन् ।

 

https://www.youtube.com/watch?v=D0mPd-T5yGU

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here