यदि तपाईं हङकङमा पक्राउ पर्नुभयो भने..

प्रकाशित मिति
0
9660

हत्तेरी डट कम का साथीहरु,

हप्तैपिच्छे अचेल जताततै जस्तो जुलुस र भीडन्तहरु भइरहेका छन् , यस्तो ठाउँमा तपाईं चाहेर वा भवितब्यमा परेर पक्राउ पर्न पनि सक्नुहुन्छ ।यस्तो बेलामा तपाईंले के गर्ने/के नगर्ने भन्नेबारे हामीले जानकारी संकलन गरेर राखिदिएका छौं ।कृपया यसलाई सामान्य जानकारीको रुपमा पढ्नुहोला किनकि हामी पेशेवर वकिल या कानुन ब्यवसायी होइनौं ।
तपाई यसबारे विज्ञ या भुक्तभोगी हुनुहुन्छ भने तपाईंको अनुभव र ज्ञानहरु हामीलाई सेयर गर्नसक्नुहुनेछ ।

अनाधिकृत भेलाहरुमा संग्लन हुँदा के हुन्छ ?

कुनै भेला वा जुलुसहरु गर्दा आयोजकले पुलिसबाट स्वीकृति लिनुपर्ने हुन्छ । केही समय यता सुरक्षाको कारण दर्शाई पुलिसले स्वीकृति दिन कडाई गर्दै आइरहेको छ । यस्तो भेला वा जुलुसमा सहभागी भए बढीमा ५ साल कैद हुनसक्छ ।
तपाईं माथि यस्तो अभियोग साबित गर्न तपाईंले जुलुसमा सक्रिय सहभागी भएको फोटो वा भिडियो पुलिसले प्रमाणको रुपमा पेश गर्न सक्छ ।

एक दर्शकको रुपमा तपाईंलाई जुलुस हेर्ने अधिकार छ?

छ तर पुलिसलाई तपाईंलाई हटाउने अधिकार पनि छ । तपाईंले पुलिसको कार्यवाहीमा अवरोध नपुग्ने सुरक्षित ठाउँमा बसेर हेर्न सक्नुहुन्छ , फोटो-भिडियो खिच्न पाउनुहुन्छ । तर तपाईंले खिचेर सामाजिक संजालमा पोस्ट गरेको खण्डमा फोटोमा भएको ब्यक्तिको नीजि गोपनीयताको हक अवहेलनामा पार्न सक्छ । त्यसैले फोटो पोस्ट गर्दा भने सावधान रहनु मनासिब होला ।

पुलिसलाई तपाईंको तलाशी लिने अधिकार छ?


पुलिसलाई शंकास्पद ब्यक्तिहरुमाथि छानबिनको लागि तलाशी लिने अधिकार छ तर पुरुषलाई पुरुले र महिलालाई महिला प्रहरीले मात्रै तलाशी लिन पाउने नियम छ । तपाईं महिला हुनुहुन्छ भने तलाशीको लागि महिला प्रहरीको घटनास्थलमा माग गर्न सक्नुहुन्छ वा नजिकको पुलिस चौकीमा लैजाने माग राख्न सक्नुहुन्छ ।

के तपाईंले पुलिसको आई डी माग्न सक्नुहुन्छ?


पुलिस भनिएको ब्यक्ति पुलिस हो कि होइन भनेर कन्फर्म गर्नाको लागि तपाईं उसको वारेन्ट कार्ड हेर्ने माग राख्न सक्नुहुन्छ । विशेष गरी सादा पोशाकमा रहेको प्रहरीको हकमा यो लागू हुन्छ , उसले कार्ड नदेखाए तपाईंले उसले भनेको कुरा नमान्न सक्नुहुनेछ ।

पक्राउमा पर्नु भए के गर्ने/के नगर्ने?


तपाईंलाई कुनै कारणले प्रहरीले पक्राउ गरे निम्न काम गर्ने
१. नआत्तिने
२. नबोल्ने (तपाईंले आत्तिएर नसोँची बोलेको कुरा भोलि तपाईंको विरुध्दमा बयानको रुपमा पेश गर्न सकिन्छ)
३. कसैलाई मोबाइलबाट फोन नगर्ने (फोन लक गर्ने, प्रहरीलाई नखोल्दिने)

तपाईंका मोबाइल लगायत सामानहरु प्रहरीले छानबिन पूरा नभएसम्म लैजाने गर्दछ ।
तपाईं घाइतेँ हुनुहुन्छ भने या बिसंचो हुनुभएको छ भने अस्पताल लैजान माग राख्न सक्नुहुन्छ ।
तपाईंलाई गिरफ्तार गरेपछि पुलिसले तपाईंलाई स्टेसनको फोन प्रयोग गर्न दिन्छ , तपाईं आफ्नो चिनजानको वकिललाई संपर्क गर्न सक्नुहुन्छ , यदि चिनेको वकिल छैन भने डिउटीमा रहेको वकिलको लिस्ट मागेर छानी संपर्क गर्न सक्नुहुन्छ । तर सबैभन्दा उत्तम चाहिं आफन्त वा विश्वसनीय साथीलाई फोन गरेर आफ्नो ID number, आफू रहेको ठाउँ, आफूलाई लगाइएको अभियोग, तपाईंलाई चोटपटक लागेको/नलागेको यति मात्रै टिपाएर Civil Rights Observer hotline (+852 9463 2945) लाई मद्दतको लागि whatsapp गर्न लाउन सक्नुहुन्छ । तपाईंको मध्दतको लागि वकिल उपस्थित हुनेछ, वकिल नआईपुगिञ्जेल कुनै प्रश्नको जवाफ दिने काम वा कुनै कागजमा हस्ताक्षर नगर्नुहोला ।

तपाईंलाई कुटपिट या यातना दिइएको खण्डमा के गर्ने?


प्रहरीको कलरमा रहेको नम्बर याद राख्ने, समय र स्थान याद राख्ने र वकिललाई भनेर चोटको फोटो खिचाई अस्पताल जाँच गराउने ।यति जानकारी सहित ICAC को वेबसाइटमा उजूरी दिने ।

(हङकङ फ्रि प्रेस बाट )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here