‘म चिकुवा हुँ सिचिकाउ होइन”भनेर लेखेपछि Yashinoya विवादमा..

प्रकाशित मिति
0
667

जापानी फुड चेन रेस्टुरेन्टको हङकङ शाखाले याशिनोयाको फेसबुक पेजमा जापानी परिकार ‘चिकुवा’को विज्ञापन गर्ने क्रममा राजनीति मिसाएको भन्दै विज्ञापन एजेन्सीसँग संझौता रद्द गरेको बताइन्छ ।

‘म चिकुवा हुँ सिचिकाउ होइन”भनेर लेखेर परिकारको विज्ञापन गरेपछि विज्ञापन डिजाइनर र एजेन्सी संकटमा परेको हो । ‘सि चि काउ’ भनेर लेखाईमा “सिंह कुकुर” को अर्थमा लेखे पनि बोल्दा “कागज च्यात्ने कुकुर” जस्तो सुनिने बताइन्छ । गत बुधबार ताइ पो मा सयौंको संख्यामा गएर पुलिसले ‘लेनन वाल’ बाट कागजहरु च्यातेका थिए ।

जापानी फुड चेन रेस्टुरेन्टको हङकङ फ्रान्चाइजका मालिक चीन पक्षधर रहेको बताइन्छ । कम्पनीले आफ्नो पेजबाट त्यो विज्ञापन तुरुन्तै हटाएर माफी माग्दै कार्यवाही स्वरुप
विज्ञापन एजेन्सीलाई र डिजाइनरलाई कामबाट निकालेको बताइन्छ । आन्दोलनरत पक्षका समर्थक युवाहरुले याशिनोया रेस्टुरेन्टको ब्यवस्थापान विरुध्द आज प्रदर्शनी गरे।

टि भी बि ले एकपक्षीय रुपमा सरकारको समर्थनमा समाचार प्रसारण गरेको भन्दै जापानी पेय ‘पोकारी स्वेट ‘ ले टिभीबीसँगको विज्ञापन संझौता खारेज गरेको बताइन्छ। कुन कुन पत्रिकाले चीनको विरोध गर्दैछ भनेर हेर्ने काम पाएका भूतपूर्व हङकङ प्रमुख सि वाई ल्योङले भने ‘ आफ्नो फेसबुक मार्फत ‘पोकारी नपिउन आव्हान गरेका छन् । अमेरिकी पिज्जा हट, हङकङको कन्डम कम्पनी वन्डर लाइफ, इन्स्योरेन्स कम्पनी सिग्नाले पनि टिभीबीबाट विज्ञापन हटाएको बताइन्छ ।

पोकारी स्वेट!

मुन केक मा आन्दोलनलाई समर्थन पुर्‍याउने खाले नाराहरु लेखेर बेचेर सेङ वानमा रहेको वा ई ताङ बेकरी चर्चित बनेको छ। आन्दोलन विरोधीहरुले डर त्रास देखाए पनि नाओमी नामले चिनिएकी बेकरी संचालिका पछि नहट्ने बताउँछिन् ।

No withdrawal, No dispersal – सुपुर्दगी कानुन खारेज नभएसम्म आन्दोलन रोकिँदैन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here