मौषम लिम्बूको निर्देशनमा बनेको चलचित्र “घरजम” को टिजर सार्वजनिक ..!

प्रकाशित मिति
0
369

चलचित्र निर्देशक मौषम लिम्बूको निर्देशन तथा किशोर पंधाक र सीता तुम्बापो को निर्माणमा बनेको मौलिक नेपाली चलचित्र “घरजम” को टिजर तथा पोष्टर सार्वजनिक भएको छ ।
हिजो १२ अगष्ट , ब्लु ओसन रेष्टुरेन्ट हङकङमा भएको जानकारी सभाले आगामी १५ सेप्टेम्बर २०१९ अाईतबार बेलुकी ७:३० बजे हङकङको हुङ होम स्थित वाम्पो गोल्डेन हार्वेस्ट सिनेमा हलमा “घरजम”को “हङकङ ग्राण्ड प्रिमियर” हुने बताएको छ ।
चलचित्रमा बुद्धि तामाङ, सिर्जना सुब्बा, यासेली योङहाङ लगायत थुप्रै कलाकारहरुको अभिनय रहेको छ भने कथा उपेन्द्र सुब्बाले लेखेको हुन् ।
यस अघि चेसुङ, मासेमी, विछोड, छिमेकी, हिङमन चलचित्र बनाइसकेका निर्देशक मौषम लिम्बू हङकङमा बसोबास गरिआएका छन् । उनी फु:लेन्देको बाउ नामले पनि चर्चामा रहेका छन् ।

टिजर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here