मृत गुरुङ प्रति हार्दिक समवेदना !

प्रकाशित मिति
0
35

image

सन् २००६ मा हङकङबाट यूके गएका कास्कीको धम्पुस निवासी हरिमान गुरुङ मृत अवस्थामा फेला परेका छन् । गुरुङ बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्स् साप्ताहिकको अनलाइन फोटो पत्रकार थिए ।

उनी हुक र बेजिङस्टोक बीचको झाडीमा सोमबार मृत अवस्थामा भेटिएको धम्पुस परिवार यूके महासचिव कुमार गुरुङले बताएका छन् । उनी श्रीमती सुनिता गुरुङ र दुई छोरीका साथ अल्डरसट बस्दै आएका थिए ।

उनको शव घुंडा टेकेको अवस्था थियो । घांटीमा रसी भएपनि झन्डिएको अवस्था भने थिएन , उनको मृत्यू आश्चर्यजनक रहेको धम्पुस परिवार यूके महासचिव गुरुङले बताए ।

शनिवार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा वडा नम्बर ६ फिल्म हेरेर राती ९.४५ तिर हलबाट निस्किएका उनी त्यसयता सम्पर्कमा नआएपछि परिवारले आइतबार अल्डरसट प्रहरीमा उजुरी गरेको थियो ।
प्रहरीले शव भेटिए लगत्तै परिवारलाई खबर गरेका थिए । घटनाको बारे प्रहरीले अनुसन्धान गरिहरेको छ भने पोष्टमोर्टमको रिपोर्ट आउन बाँकि छ । उनको मृतात्मा प्रति चिरशान्तिको कामना सहित हार्दिक समवेदना ! -हत्तेरी डट कम

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here