मुतुनोले अल्झायो ओलम्पिक पदकको बाटो..

1
9

mutuno

जापानका पोल भोल्ट जम्पिङका खेलाडी हिरोकी ओगिटाको रियो ओलम्पिकमा पदक जित्ने सपना ४ वर्षको लागि तुहिएको छ, त्यसको कारण उनको मुतुनो बन्न पुगेको चर्चा खेल जगतमा छ ।

शनिबार भएको उक्त खेलको क्वालिफाईङ राउन्डमा ५.४५ मिटर को उँचाई नाघ्ने प्रयासमा उनले बार खसाए , स्लो मोसन प्रविधिबाट हेर्दा उनको जनेन्द्रियले बारलाई छुँदा त्यो खसेको देखियो । यो असफलताका कारण ओगिटाले २१ औं स्थानमा चित्त बुझाउनुपर्‍यो ।

मान्छेलाई कि थुतुनोले कि मुतुनोले बिगार्छ भन्थे, हो त रहेछ, हगि? अर्को ४ सालबाद चाहिँ अलिक कस्सिलो कट्टु लाएर आउनु है भाइ, सायोनारा!

https://www.youtube.com/watch?v=KIRmVw3zP4U

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here