मार्शल आर्ट खेलाडी माथि आक्रमण

0
7

गत साल इस्ट एसियन मुई थाई च्याम्पियनशीपमा हङकङलाई प्रतिनिधित्व गर्ने २४ वर्षे मार्शल आर्ट खेलाडी रोनाल्ड वोङ माथि हिंजो शनिबार राति छुरा आक्रमण भएको छ ।

राति साढे नौ बजेतिर चिम सा चुईको क्यामेरोन रोडको काम मा बिल्डिङ अगाडि कार रोकिरहेको अवस्थामा उनी माथि ५ जना आक्रमणकारीले धारिलो हतियार र घनले आक्रमण गरेका थिए ।
आक्रमणबाट बच्न वोङ कारबाट निस्केर कारनाभन रोड तर्फ भागेको र घायल वोङलाई देखेर प्रत्यक्षदर्शीले पुलिसलाई खबर गरेको बताइन्छ ।
उनीसँगै कारमा रहेका अर्को ब्यक्तिलाई भने आक्रमण नगरिएको बताइन्छ ।

आक्रमणकारी मध्ये ४ जनालाई पुलिसले पक्राउ गरेको छ भने १ जना फरार रहेको बताइन्छ । यस घटनामा संगठित अपराधिक समूह सन ई अन ट्रायडको संग्लनता रहेको आशंका गरिएको छ।

गत हप्ता सन ई अन ट्रायड समूहका मानिएका २६ वर्षे युवकलाई चेङ सा वान को म्याकडोनाल्डमा बिहान ३ बजे वो सिङ वो ट्रायड समूहका ब्यक्तिहरुले छुरा आक्रमण गरेका थिए ।

खेलाडीहरुलाई गुण्डागर्दीमा प्रयोग गर्ने चलन नेपालमा जस्तै यता पनि उस्तै रहेछ कि क्या हो? हगि!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here