महेश शिल्पकारको फेवा तालैमा..

0
4

fewa

हङकङमा बसोबास गरिरहेका गायक महेश शिल्पकारको आवाजमा रहेको “फेवातालैमा” बोलको गीत भर्खरै रिलिज भएको छ ।

नेवारी तथा नेपाली गीत गायनमा सक्रिय रहेका गायक महेशले सन २००८ मा एकल गीती एल्बम प्रकाशनमा ल्याएका थिए ।
तबला वादनका लागि चीर परिचित हङकङेली नेपाली संगीतकार कृष्णभक्त महर्जनको शब्द तथा संगीत रहेको हाल रिलिजि भएको गीतको भिडियोलाई नेपालका सुमन लामाले निर्देशन र संपादन गरेका हुन् ।

फेवाताल र पोखरा आसपासका मनोरम दृश्यहरुलाई ड्रोन क्यामेराले मनोरम ढंगमा कैद गरिएको यस भिडियोका क्यामेराम्यान बसन्त महर्जन रहेका छन् । दिपक कार्की र निभा अधिकारीको अभिनय रहेको यस भिडियोलाई म्युजिक नेपालको युट्युबम च्यानलमा धेरैले मन पराइरहेका छन् ।

हङकङको ब्यस्तताको बावजूद पनि संगीतमा साधनारत गायक महेश शिल्पकार र संगीतकार कृष्णभक्त महर्जनलाई हत्तेरी डट कम को बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here