महिलाको भेषमा लुटपाट गर्न खोज्ने पक्राउ..

प्रकाशित मिति
0
80

trans thief

एक ४८ वर्षे ली थरीका पुरुष एबर्डिनको एक बुटिकमा महिला बनेर लुटपाट गर्न खोज्दा पक्राउ परेका छन् ।
आइतबार साँझ ७:५० बजे धनी महिलाको गेट अप मा विग र हाइहिल लगाएर लुगाहरु हेर्ने बहानामा उनी दोकानमा छिरेका थिए।

लुगा ट्राई गर्ने भन्दै ट्राइल रुम नजिकै पुगेपछि दोकान कर्मचारीलाई चक्कू देखाई पैसाको माग गरे, तर महिला कर्मचारीले गुहार माग्दै होहल्ला मच्चाएपछि बाटोमा हिंडिरहेका ४ जना ब्यक्ति उनको बचाऊको लागि आए । हाइहिल र विग फ्याँकी त्यस पुरुष भाग्यो, खेद्नेहरुसँग बाटोमा भीडन्त भएपनि अभियुक्त भाग्न सफल भयो ।

पुलिसलाई रिपोर्ट गरेपछि पुलिसले अभियुक्तलाई आधा घन्टापछि सेङवानबाट पक्राउ गरेको समाचार एपल डेलीले दिएको छ । दोकानकी महिला कर्मचारीलाई सामान्य घाउचोट लागेको बताइन्छ भने अभियुक्तले लुटपाटको लागि त्यस्तो भेष लगाएको हो वा उनी तेस्रो लिंगी भएको यकिन भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here