महिलाको भित्री बस्त्र चोर्ने नांगे चोर पक्राउ !

प्रकाशित मिति
0
55

हिजो मार्च ३१,हङकङ चुङ क्वान ओ आसपासबाट लाम थर गरेका ४१ बर्षीय नांगै सपिङ मल डुलि हिड्ने पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यसभन्दा पहिले बिहान करिब १० बजेको समयमा “पो लाम” एम टि आर स्टेसन बाहिर मेट्रो सिटी प्लाजामा देखिएका थिए,जहाँ अधिकांश पसलहरु खुलेको थिएन । एक प्रत्यक्षदर्शीका अनुसार एउटा पसलमा उनले महिलाको भित्री बस्त्र (अन्डरवियर ) आइटम देखाउन अनुरोध गर्दै गरेको देखेका थिए । उनको हर्कत देखि सपिङ मलले प्रहरीलाई बोलाएको थियो । प्रहरीले उनलाई नियन्त्रणमा लिन खोज्दा एक प्रहरी अफिसरमाथि हमला गरि घाइते बनाए पछि थप प्रहरीहरुको जमातले उनलाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानमा उनले हङकङ डलर ३५० मूल्य पर्ने ३ आइटम महिलाको भित्री चोरी गरेको ठहर छ । नांगो लामको हमलाबाट अनुहार र खुट्टामा चोट लागेको प्रहरी अफिसरलाई चुन क्वान ओ हस्पिटलमा उपचारको लगिएको छ भने उनलाई अभद्र प्रदर्शनी चोरी तथा आक्रमणकारीको अभियोगमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

हङकङमा केही हप्ता यता यस्ता निर्बस्त्र प्रदर्शनीहरु निक्कै देखिन थालेको छ । यो बर्षको गत फेब्रुअरी देखि मार्चमा मात्रै ३ निबस्त्र एम टि आर , सपिङ मल तथा जगिङ गर्न निस्कि सकेको छन् ।

– यसो हेर्दा त हङकङमा अत्याधिक गर्मी पो बढेको हो कि जस्तो पनि लाग्ने हगि …?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here